Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
पथरीशनिश्चरे । स्थानीय पूर्वाधार विकास विभागले समयमा बजेट नपठाइदिँदा मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण रोकिने भएको छ ।
विभागले ठेक्काको ५० प्रतिशत वित्तीय खर्च ब्योहोर्ने सर्तमा पथरीशनिश्चरे नगरपालिकाले प्रमुख प्रशासकीय भवन निर्माण थालेको थियो । नगरपालिकाले आफूले ब्योहोर्ने ५० प्रतिशत रकम सहित हालसम्म पाँच करोड ७४ लाख रुपियाँ निर्माण कम्पनीलाई भुक्तान गरिसकेको छ । हालसम्म ५० प्रतिशत मात्र वित्तीय प्रगति भएपनि भौतिक प्रगति ७० प्रतिशत भइसकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले भन्नुभयो –स्थानीय पूर्वाधार विकास विभागले ८१ लाख रुपियाँ मात्र पठाएको छ । नगरले आफैं खर्च गरेर भुक्तान दिन सकिने अवस्था छैन् । अहिले निर्माण कम्पनीलाई पैसा ति¥यौं भने त्यो रकम पुन नगरपालिकाको खातामा सोधभर्ना वापत आउने ब्यवस्था छैन् । त्यसैले नगरको विकास बजेट काटेर भवन निर्माणमा लगाउन सकिन्न ।’ उहाँले समयमा निर्माण कम्पनीलाई भुक्तानी दिन सके तोकिएको समय २०८३ चैत भन्दा अगाडि नै निर्माण सम्पन्न हुने जानकारी दिनुभयो ।
राज्य पुनर्संरचना पछि लामो विवाद भएर पालिकाको भवन पथरीशनिश्चरे नगरपालिकाको वडा नं. १० मा २०८२ जेठ ५ गते शिलान्यास भई निर्माण हुन थालेको हो । २०८२ को बैशाख ५ गते निर्माण कम्पनी र नगरपालिका बिच भएको सम्झौता अनुसार २०८३ को चैत मसान्तसम्ममा भवन निर्माण गरिसक्नु पर्नेछ ।तर,हाल भइरहेको कामको तीब्रता हेर्ने हो भने भवन निर्माण अबको छ महिनामा सम्पन्न हुने देखिन्छ । १२ कट्ठा सरकारी जग्गाको भोगाधिकार ब्यवस्थापन गरी ११ करोड ८ लाख २५ हजार ७१८ रुपियाँमा प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढेको हो । ५ तले भवन निर्माणका लागि नगरले २० करोड ३ लाख २३ हजार रुपियाँको डिपीआर तयार गरी टेण्डर आह्वान गरेको थियो । निर्माण कम्पनी अर्थो डेभलोपर्स डिजाइनर हेटौंडाले ३८ प्रतिशत कमीमा भवन बनाउने गरी टेण्डर प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले बताउनु भयो । खतिवडाका अनुसार चालु आर्थिक वर्षमा नगरले ४ करोड ७० लाख रुपियाँ विनियोजन गरेको थियो ।
नगरले विनियोजन गरेको रकममा विभागले पठाएको ८१ लाख थपेर हामीले पाँच करोड ७४ लाख भुक्तान गरिसक्यौं । विभागसँग पैसा मागिरहेका छौं । चैत १ गते बढेको इन्धनको मुल्यले लागत खर्च अझ बढ्ने भन्दै निर्माण कम्पनीले हालसम्म भएको भौतिक प्रगतिको रकम बारम्बार माग गरिरहेको प्रशासकीय अधिकृत खतिवडाले बताउनु भयो ।
उता स्थानीय पूर्वाधार विकास विभागका सिनियर डिभिजन इन्जिनीयर निशा त्रिपाठीले विभागले प्राप्त गरेको २ अर्व रुपियाँ देशभर निर्माण भइरहेका १६६ वटा नगर÷गाउँपालिकाका भवनलाई भौतिक प्रगतिका आधारमा वितरण गरेको बताउनु भयो । हामीमा सिर्जित दायित्वबाट हामी पछि सर्ने सर्दैनौं । तर, बजेट नै नभएर हो । रकमान्तर भएर बजेट आयो भने केही रकम असार अगाडि पनि पठाउँछौं । बजेट आएन भने साउन पछि मात्र पैसा जान्छ । उहाँले पथरीशनिश्चरे नगरपालिकाको भवन मङ्सिर ३ गते मात्र छनौट भएकोले यो वर्ष कम पैसा गएको जानकारी दिनुभयो ।
तर, प्रमुख प्रशासकीय अधिकृत खतिवडाले विभागबाट पैसा नआउँदा तोकिएको समय भन्दा अघि भवन निर्माण सम्पन्न गर्न बाधा भएको जानकारी दिनुुभयो । अहिले सम्म निर्माण कम्पनीले गरेको भौतिक प्रगति अनुसार भुक्तानी दिन सकेका छैनौं । पैसा नदिँदा काम रोकिने चिन्ता छ, उहाँले भन्नुुभयो ।
राज्यपुुर्संरचना पछि नगरपालिकाको प्रशासनिक भवन कहाँ बनाउने भन्ने विवाद सर्वोच्च अदालत सम्म पुगेपछि नगरपालिका गठन भएको १० वर्षसम्म पनि साविक पथरी गाविसको भवनबाट पथरीशनिश्चरे नगरपालिकाको कामकाज हुँदै आएको छ । भाडाको सहित चार वटा साना साना भवनबाट नगरको काम हुँदा सेवाग्राहीलाई सास्ती भइरहेको नगरवासीको गुनासो छ ।



Share via
Send this to a friend