Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरि कोइराला
उर्लाबारी । उमेद्वार, नेता र कार्यकर्तालाई प्रतिनिधि सभाको निर्वाचनले ब्यस्त बनाएको भए पनि दक्षिणी मोरङका मकै खेती गर्ने किसानलाई भने निर्वाचनले छोएको छैन् ।
अगुवा मकैमा मल लगाएर सिंचाई गर्न बितेको छ । विगतमा मुसुरी,खेसरी र गहुँ खेती गर्ने दक्षिणी मोरङका किसान तीन वर्ष यता मकै खेतीमा आकर्षित भएका छन् । मल र सिंचाई पु¥याउन सक्दा प्रति बिघा अढाइ सय मन मकै उत्पादन हुन थालपछि किसान मकै खेतीमा आकर्षित हुन थालेका हुन् । दलहन र गहुँ खेती भन्दा मकै खेती गर्न सजिलो हुने गर्छ । पथरीशनिश्चरे –५ तित्रीवनका विनोद चन्द्रवंशीले भन्नुभयो –‘नौ कट्ठामा मकै लगाएको छु । तीन पटक सिंचाई गर्नुपर्छ । यो तेस्रो पटकको सिंचाई हो । पानीको स्थायी स्रोत नभएकोले बिद्युतीय मोटरबाट भूमिगत सिंचाई गरिरहनु भएका चन्द्रवंशीले भन्नुभयो – ‘पानी तान्दा छिनछिनमा लाइन काटिन्छ । भोल्टेज पुग्दैन ,गत वर्ष मलको समस्या थियो । यो वर्ष मलको समस्या छैन । लगानी अनुसार मूल्य आउँदैन ।’ उहाँले किसानका आवाज कुनै दलका नेताले नसुनेको आरोप लगाउनु भयो ।
उहाँ मात्र होइन । दक्षिणी मोरङको कटहरी देखि रतुवामाई सम्मका छ पालिकाका किसानले ठूलो परिमाणमा मकै खेती गर्न थालेका छन् । रङ्गेली –७ का किसान प्रल्हाद कुमार यादवले भन्नुभयो – एक विघामा मकै लगाएको छु । गत वर्ष दुई सय मन उत्पादन भएको थियो, यो वर्ष अझ राम्रो उत्पादन हुने आश गरेको छु । चुनाव त आउँछ जान्छ । मकैमा पानी लगाउने काम हाम्रो लागि महत्वपुर्ण हो,साहले भन्नुभयो ।
दुई विघामा मकै लगाउनु भएका रङ्गेली –८ का नारायणप्रसाद साहले भन्नुभयो–‘ उत्पादन राम्रो हुन्छ । यो वर्ष विघामा दुई सय मन माथि नै आउँला भन्ने छ ।उहाँले पनि चुनाव भन्दा आफ्नो बालि नै प्राथमिकतामा रहेको बताउनु भयो ।
जिल्ला कृषि ज्ञान केन्द्र मोरङका अनुसार मोरङमा आर्थिक वर्ष २०८१÷०८२मा २१ हजार १ सय हेक्टर क्षेत्रमा मकै खेती भएको थियो । उक्त क्षेत्रमा एक लाख ४७ हजार ७ सय मेट्रिक टन मकै उत्पादन भएको केन्द्रको तथ्याङ्क छ । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवका अनुसार मोरङमा मकैको उत्पादकत्व समेत वृद्धि भएको छ । उहाँका अनुसार आव ०८०÷०८१ मा २० हजार ४५२ हेक्टरमा मकै खेती हुँदा १ लाख ४१ हजार ११८ दशमलव ८० मेट्रिक टन मकै उत्पादन भएको थियो । गत वर्ष प्रति हेक्टर ६ दशमलव ९० मेट्रिक टन मकै उत्पादन भएको थियो । यो वर्ष प्रति हेक्टर उत्पादन सात मेट्रिक टन पुगेको छ ।
किसानले समयमा मल र सिंचाई गर्न पाउने हो भने उत्पादकत्व अझ बढ्ने ज्ञान केन्द्र प्रमुख दीपा देवले बताउनु भयो । आर्थिक वर्ष ०७९÷०८० मा मोरङमा २० हजार ५२ हेक्टर जग्गामा मकै खेती भएको थियो । उक्त वर्ष १ लाख ३२ हजार ३४३ दशमलव २० मेट्रिक टन मकै उत्पादन भएको थियो । तीन वर्ष अघि प्रति हेक्टर ६ दशमलव ६० मेट्रिक टन मकै उत्पादन भएकोमा गत वर्ष प्रति हेक्टर शुन्य दशमलव ४० प्रतिशतले उत्पादकत्व बढेर प्रति हेक्टर ७ टन पुगेको छ ।



Share via
Send this to a friend