Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

पथरीशनिश्चरे । नक्कली भूटानी शरणार्थी प्रकरणपछि अन्यायमा परेका सक्कली भूटानी शरणार्थीका प्रतिनिधिहरूले नेपाल सरकार र शरणार्थी सम्बन्धी राष्ट्रसङ्घीय उच्च आयोग(युएनएचसीआर)लाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नक्कली शरणार्थी प्रकरणपछि झापाको दमक र मोरङको पथरीशनिश्चरेमा विगत ३३ वर्ष देखि बसिरहेका भूटानी शरणार्थीहरूलाई नेपाल सरकारले उपलब्ध गराइरहेका केही सेवाहरू कटौति भएका थिए । शरणार्थी शिविरमा बसिरहेका तर युएनएचसीआरबाट शरणार्थीको परिचय पत्र नपाएकाहरूलाई जिल्ला प्रशासन कार्यालयले ट्राभल्स डकुमेन्ट बनाइदिँदै आएको थियो । यस्तै स्थानीय दमक र पथरीशनिश्चरे नगरपालिकाले शिविर भित्र जन्मिएका शिशुको जन्म दर्ता गरिदिँदै आएको थियो । नक्कली शरणार्थी प्रकरणपछि पुनर्वासमा गएका आफन्तले बोलाउँदा समेत यहाँबाट परिवारका सदस्य जान नपाउने भएका छन् । शिविर भित्र जन्मिएका शिशुले न नेपालमा जन्म दर्ता प्रमाणपत्र पाउँछन् । न शरणार्थी परिचय पत्र पाउँछन् ।
युएनएचसीआरले दिने गरेको सम्पूर्ण सेवा सुविधा काटिएपछि शरणार्थी जीवन नरक तुल्य भएका सेक्टर डि (एक) छाप्रो नं. ५ कि ममनमाया राईले बताउनु भयो । राईले भन्नुभयो – छोरो जन्मिएको ४ वर्ष हुन लाग्यो । विद्यालय जाने नभई दर्ता गर्न गइन । अहिले वडामा जन्मदर्ता गरिदिन मान्दैनन् । मनमाया प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्ता थुप्रै जना शरणार्थी आमाहरू अहिले मन गह्रौं बनाएर आफ्ना सन्तानको परिचय खोजिरहनु भएको छ ।
समस्याको दीगो समाधान गर्नुपर्ने माग गर्दै दमकको बेलडाँगी र मोरङको पथरीशनिश्चरे शिविरका १५ जनाको संयुक्त समुहले बिहीबार गृह मन्त्रालय र युएनएचसीआरका नेपालल प्रतिनिधिलाई माग पत्र बुझाएका हुन् । मागपत्रमा स्वदेश फर्किन चाहनेहरूलाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह गरिएको छ । यस्तै पुनर्वासका कारण विछोडिएका परिवारलाई पुन प्रमाणीकरण गरी पुनर्वासको ब्यवस्था मिलाइदिन र स्थानीय स्तरमै बस्न चाहनेलाई कम्तीमा घरवासको ब्यवस्था र नागरिकताको ब्यवस्था मिलाइदिन माग गरिएको छ । कम्तीमा ५ कट्ठा जग्गा उपलब्ध गराइ संघ संस्था खोल्न पाउने,ब्यापार गर्न पाउने , बैंक खाता खोल्न पाउने आधारभुत सेवा उपलब्ध गराउन माग गरिएको छ ।
पथरीशनिश्चरे शिविर ब्यवस्थापन समितिका सचिव कर्णबहादुर राईका अनुसार ज्ञापन पत्र गृह मन्त्रीका स्वकीय सचिव र युएनएचआरसीका नेपाल प्रतिनिधि कोरोलिन स्पानुथ भर्मालाई बुझाइएको हो । प्रतिनिधि मण्डलमा सचिव राईसँगै बेलडाँगी शिविरका सचिव सञ्चहाङ्ग सुब्बा,भूटानी शरणार्थी अपाङ्गता सङ्घका अध्यक्ष तनुजा तामाङ,महिला मञ्चका अध्यक्ष रिनजिन डोल्मा र बाल मञ्चका अध्यक्ष मौसम राईको सहभागिता रहेको थियो ।



Share via
Send this to a friend