Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

 

बेलबारी । काठमाडौंको चित्लाङ फुटबल क्लब, एक पक्षीय खेलमा राजारानी फुटबल क्लब धनकुटालाई ३–१ गोलले हराउँदै अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिता २०८१ को अन्तिम चारमा प्रवेश गरेको छ ।
चित्लाङ फुटबल क्लबको जितका लागि १६ ओैं मिनेटमा बिदेशी खेलाडी हेनरीले गोल गर्नुभयो । रोवर्टले कर्नर प्रहार गरेको बल राजारानीका गोलरक्षक प्रदीप भण्डारीले पञ्च गरि बचाउनु भएको थियो । तर,रिवाउन्स बललाई चित्लाङका खेलाडी हेनरीले सिंधै विपक्षी पोष्टको जालीमा चुमाए । १–० ले पछि परेको राजारानीले अनन्त तामाङ ,शनिश श्रेष्ठ र रोहन कार्की लगायतका राष्ट्रिय खेलाडी लिएर मैदानमा उत्रिएपनि खेलमा कुनै चमत्कार देखाउन सकेन । ३३ ओै मिनेट चित्लाङका विदेशी खेलाडी रोवर्टले गोल गर्दै जित अझ फराकिलो बनाउनु भयो । हेनरींको क्रस पासमा रोवर्टले गोल गर्नु भएको थियो । ५६ ओैं मिनेटमा रोवर्टले थप एक गोल गर्नुभयो । तेस्रो गोल रोवर्टले तपन कार्कीको पासमा गर्नुभयो ।
राजारानी क्लब धनकुटाले खेलको ६१ ओैं मिनेट सान्त्वना गोल फर्कायो ।रारारानीको लागि एकमात्र गोल अनन्त तामाङले गर्नुभयो ।

सान्तवना गोल गरेपछि रक्षात्मक बनेको चित्लाङ बिरुद्ध धनकुटाले एक पछि अर्को राम्रा अवसर निकाले पनि स्कोर गर्न सकेन । चित्लाङले कात्तिक ९ गते दलसिंहपारा फुटबल क्लब भारत र सलहेस क्लव सिराहा बिचको खेलको विजेतासँग खेल्नेछ ।
सोमबारको खेलमा चित्लाङ फ्ुटबल क्लबबाट २ गोल गर्ने रोवर्ट म्यान अफ द म्याच घोषित हुनुभयो । उहाँलाई नेपाली कांग्रेस मोरङका सचिव ललित बहादुर श्रेष्ठले नगद ५ हजार सहित म्यान अफ द म्याचको ट्रफि प्रदान गर्नुभयो । मङ्गलबार गत वर्षको बिजेता व्रिगेड ब्वाइज क्लव र बुटबल लुम्बिनी फुटबल क्लव बिच खेल हुनेछ ।



Share via
Send this to a friend