क्रिकेटमा लेटाङ अस्पताल विजयी
लेटाङ । लेटाङ खेलकुद महोत्सव २०८१ अन्तरगत भएको क्रिकेट प्रतियोगितामा लेटाङ अस्पताल विजयी भएको छ । मङ्गलबार बुद्ध रङ्गशालाको पिचमा भएको फाइनल खेलमा राजारानी क्रिकेट क्लवलाई ६ विकेटले पराजित गर्दै लेटाङ अस्पतालले उपाधि जितेको हो ।
राजारानी क्रिकेट क्लवले पहिले व्याटिङ गर्दै पुरा (२०) ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ३५ रन जोडेको थियो । १ सय ३६ रनको विजय लक्ष्य पछ्याएको लेटाङ अस्पतालले १७ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै उपाधि जितेको हो ।
यसअघि तेस्रो स्थाका लागि भएको खेलमा चिसाङ वारियर्सलाई कीर्तिमान क्रिकेट क्लवले ६ विकेटले जित्यो । पहिले व्याटिङ गरेको चिसाङले १५ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ३६ रन जोडेको थियो । १ सय ३७ रनको लक्ष्य सहित जवाफि व्याटिङ गरेको कीर्तिमानले १६ दशमलव १ ओभरमा मात्र ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरेसँगै ६ विकेटको जित हात पारेको हो । क्रिकेटतर्फ प्रथम हुने टीमले ४० हजार, दोस्रोले २७ हजार र तेस्रोले १३ हजार ५ सय पुरस्कार पाउनेछन् ।
ब्याडमिन्टनमा राजधन र निर्मल सागरको जोडी विजयी
लेटाङ खेलकुद महोत्सव अन्तरगत क्रिकेट प्रतियोगितामा पाँच वटा टीम सहभागी थिए । सोमबार भएको व्याडमिन्टन खेलमा ए डिभिजनतर्फ लेटाङ ८ का राजधन राई र लेटाङ ४ का निर्मलसागर राईको जोडी प्रथम तथा लेटाङ ५ का कृष्णराज राई र लेटाङ ४ का विष्णु मगरको जोडी दोस्रो हुनुभयो । व्याडमिन्टनको वी डिभिजनतर्फ लेटाङ ६ का विकास अधिकारी र लेटाङ ९ की लिला तुम्साको जोडी प्रथम तथा लेटाङ ३ का मञ्जित खनाल र लेटाङ ५ का सन्तोष श्रेष्ठको जोडी दोस्रो हुनुभयो ।
टेवल टेनिसमा युवराज र चेसमा युनिक पहिलो
लेटाङ खेलकुद महोत्सव अन्तरगत सोमबार नै सम्पन्न टेबल टेनिस खेलमा लेटाङ ४ का युवराज लावती प्रथम, लेटाङ ३ का नरबहादुर गुरुङ दोस्रो र लेटाङ ८ का आयुस चेम्जोङ तेस्रो हुनुभयो । चेस प्रतियोगितामा लेटाङ ८ जाँतेका युनिक गौतम प्रथम लेटाङ ४ का चन्द्रकान्त तामाङ दोस्रो र लेटाङ ५ का भक्तबहादुर खड्का तेस्रो हुनुभयो ।
म्याराथनमा विवकले जिते उपाधि
यसैगरी बुधबार बिहान भएको १३ वर्ष मुनिको ३ किलोमिटर म्याराथनमा लेटाङ ५ का विवेक श्रेष्ठ पहिलो हुनु भएको छ ।
लेटाङ कानेपोखरी सडकखण्डको गङ्गेचौकदेखि फायरलाइनसम्मको निर्धारित ३ किलोमिटरको दुरी १२ मिनेट १३ सेकेण्डमा पुरा गर्दै श्रेष्ठ पहिलो हुनु भएको हो ।
यसैगरी लेटाङ १ का विवेक मगर १२ मिनेट १९ सेकेण्डमा निर्धारित दुरी पुरा गरि दोस्रो हुनुभयो । लेटाङ १ कै समिल मगर १२ मिनेट ५१ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै तेस्रो हुँदा विराज लिम्बू १३ मिनेट ३ सेकेण्डमा दुरी पुरा गरेर चौथो हुनुभयो । छात्रतर्फको म्याराथनमा १३ वर्ष मुनिका ५८ जनाले सहभागिता जनाएका थिए ।
यसैगरी छात्रातर्फ लेटाङ ३ की यानी मगर प्रथम हुनुभयो । यानीले १३ मिनेट २८ सेकेण्डमा दौड पुरा गर्दै पहिलो बन्नुभयो, यस्तै लेटाङ ९ की मिनाक्षी राई १४ मिनेट ५७ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो हुनु भयो ।
लेटाङ ५ की दीपशिखा राई १५ मिनेट १४ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो हुँदा प्रीति राईले १६ मिनेट १० सेकेण्डमा दौड पुरा गरी चौथो स्थान प्राप्त गर्नुभयो । छात्रातर्फको म्याराथनमा १८ जना सहभागी भएका थिए । छात्र र छात्रा दुवैतर्फ प्रथम हुनेले ८ हजार, दोस्रोले ५ हजार, तेस्रोले ४ हजार र चौथोले ३ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
नगरपालिकाले आयोजना गरेको एक विशेष समारोहमा सबै खेलका विजयीहरूलाई बुधबार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । लेटाङ ४ को जनसेवा सामूदायिक वन उपभोक्ता समूहको खेल मैदानमा भएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले विजेता तथा उप विजेता खेलाडीलाई ट्रफि ,प्रमाणपत्र र नगद प्रदान गर्नुभयो । नगरपालिकाले गत फागनु ३ गते देखि पाँच दिवसीय नगर स्तरीय खेलकुद महोत्सवको आयोजना गरेको हो । रामकुमार बाघचाल च्याम्पियन

लेटाङ । लेटाङ–४ का रामकुमार श्रेष्ठ बाघचाल च्याम्पियन हुनु भएको छ । लेटाङ नगरपालिकाले मोरङ मै पहिलो पटक आयोजना गरेको नगरस्तरीय खुल्ला बाघचाल प्रतियोगितामा २१ जना खेलाडीलाई पछि पार्दै श्रेष्ठ बाघचाल च्याम्पियन बन्नु भएको हो ।
लेटाङ–५ का चन्द्रकुमार श्रेष्ठलाई सोझो सेटमा २–० को जित निकाल्नु भएका श्रेष्ठले ८ हजार नगद रुपियाँ सहित प्रमाणपत्र प्राप्त गर्नु हुनेछ । यस्तै उप विजेता चन्द्रकुमार श्रेष्ठले ५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नु हुनेछ । यस्तै प्रतियोगितामा लेटाङ ३ का ७७ वर्षीय पर्वतमान राई तेस्रो हुनभयो । भने लेटाङ–४ का ९१ वर्षीय दुर्गाबहादुर श्रेष्ठ चौथो हुनुभयो । तेस्रो हुनु भएका राईले ३ हजार नगद र प्रमाण पत्र पाउनु हुनेछ ।
खेलाडीलाई क्षमता प्रदर्शन र नयाँ खेलाडीको खोजि गर्ने उदेश्यले लेटाङ नगरपालिकाले फागुन ३ गते देखि विभिन्न ९ वटा खेलको नगर स्तरीय प्रतिस्पर्धा गराएको थियो । बाघचाल खेलमा २२ वर्ष देखि ९१ वर्षसम्मका खेलाडीले सहभागिता जनाउनु भएको थियो । प्रतियोगिताका विजेतालाई बुधबार राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा ट्रफि नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
भलिवलमा लेटाङ ७ विजयी
लेटाङ । मोरङको लेटाङ नगरपालिकाले आयोजना गरेको लेटाङ नगर स्तरीय खेलकुद महोत्सव अन्र्तगत भलिवल खेलमा पुरुष र महिला दुवैतर्फको उपाधि लेटाङ ७ ले जितेको छ ।
मङ्गलबार लेटाङ भलिवल क्लवको कोर्टमा सम्पन्न भलिबलको पुरुष र महिलातर्फका फाइनल खेलमा विजयी हुँदै वडा नम्बर ७ ले दुवै उपाधि जितेको हो । पुरुषतर्फको फाइनल खेलमा वडा नम्बर १ लाई ३–२ ले पराजित गर्दै वडा नम्बर ७ ले उपाधि जितेको हो । वेष्टअप फाइभमा खेलाइएको खेलमा पहिलो सेटमा वडा नम्बर ७, दोस्रो सेटमा वडा नम्बर १, तेस्रो सेटमा वडा नम्बर ७ र चौथो सेट वडा नम्बर १ ले जितेपछि खेलको नतिजा पाँचौँ सेटको खेलबाट भएको थियो । पाँचौं सेटमा वडा नम्बर ७ ले जित निकाल्दै उपाधि जितेको हो ।
यसैगरी मङ्गलबार नै सम्पन्न महिला भलिवलतर्फको खेलमा वडा नम्बर ९ लाई ३–१ को सेटमा पराजित गर्दै वडा नम्बर ७ ले उपाधि जितेको छ ।दोस्रो सेट बाहेक तीन् सेटमा वडा नं.७ विजयी भएपछि पाँचौ सेट खेल्नु अगावै वडा नं. ७ विजयी भएको थियो ।पुरुष र महिला भलिवलतर्फ प्रथम हुने टीमले ट्रफिसहित नगद ४० हजार रुपियाँ र उपविजेता टिमले २७ हजार नगद प्राप्त गर्नेछन् ।
प्रतियोगिता दुबै इभेन्टमा तेस्रो हुने टिमलाई नगद १३ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिनेछ । पुरुष तर्फ वडा नं. ६ र महिला तर्फ वडा नं.५ तेस्रो भएका थिए । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार विजेता तथा उप विजेता टिमलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरियो ।

























