Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

May be an image of 1 person, beard and text that says 'onlinekhabar 4 चालीस चालीस मुनिका ૨०८२ Celsbrating Young Leaders, Shaping Nepal In- n-association with Powered by vatsalya NEPALT asianpaints NEPALENOUM NOTMI सज्जन गौतम खेलाडी/ खेलाडी/ड-स्पो्ट्स /ई- -स्पो्ट्स'

काठमाडौँ                                                                                                                                                                              picture source: online khabar

उर्लाबारीका २८ वर्षीय सञ्जन गौतमले २०२१ मा ‘सीआरसेभेन होरा’ नामक यूट्युब च्यानल खोलेर पब्जी स्ट्रिमिङ सुरु गरेपछि छोटो समयमै १ लाख सब्सक्राइबर पार्ने नेपाली कीर्तिमान बनाए। फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको जर्सी नम्बर ७ र आफ्नै थेगो ‘हो र!’ बाट च्यानलको नाम राखिएको हो।

कुलतबाट बाहिरिँदै पेशागत रूपमा पब्जी खेल्न थालेका सञ्जन अहिले मासिक ८–१० लाख रुपैयाँ कमाउँछन् भने कहिलेकाहीँ १५ लाखसम्म पुग्छ। उनले च्यारिटी स्ट्रिमिङमार्फत करिब ५० लाख सहयोगमा खर्च गरेका छन्।

उनको कमाइबाट घर, क्याफे तथा आफ्नै ईस्पोर्टस् टिम ‘होरा ईस्पोर्टस्’ स्थापना भएको छ। सन् २०२३ मा बनेको उक्त टिमले पहिलो सहभागितामै पब्जी विश्वकपमा प्रवेश पाई हालै सम्पन्न विश्वकपमा नवौँ स्थान हासिल गर्दै करिब १ करोड ७८ लाख रुपैयाँ जित्यो।

६ खेलाडी सम्मिलित टिमको मासिक खर्च ७ लाख रुपैयाँ छ। सञ्जनले युवाहरूलाई लक्ष्यमा अडिग रहन र जीवनमा हार नमान्न सन्देश दिएका छन्।



Share via
Send this to a friend