Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौं । काठमाडौं मेडिकल कलेजले नर्सिङ विभागमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई मूल्यांकन गरी सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

कार्यक्रममार्फत कलेजले विभिन्न विभागमा कार्यरत ३९ जना नर्सिङ कर्मचारीलाई प्रशंसा पत्र र पुरस्कार प्रदान गरेको हो ।

समारोहमा कलेजका प्रमुख प्रशासकीय अधिकृत तथा जनरल मेनेजर नारायणप्रसाद दाहाल, अस्पताल निर्देशक डा. मिना थापा, नर्सिङ प्रमुख बन्दना रिजाल तथा अस्पताल सुपरभाइजर रक्षा भट्टराईको उपस्थितिमा नर्सिङ कर्मचारीलाई सम्मान गरिएको थियो ।

सम्मानित कर्मचारीमध्ये एसआईसियु विभागकी रेशा साहु र जेनिशा सिलाकार, न्युरो आईसियुकी नबिना हञ्जु, एनआईसियुकी रेश्मा बानियाँ, सर्जरी वार्डकी बिना कावन, ओटी विभागकी मनिषा श्रेष्ठ, सिलाजा पोखरेल र एकता अधिकारी, क्याथ ल्याबकी पलपसा मानन्धर र गीता सुवाल, पल्मो एचडीयुकी रोजिना महर्जन, पेडियाट्रिक वार्डकी स्नेहा थापा, एमआईसियुकी अङ्किता शाही, रञ्जिता न्यौपाने र सीता पाण्डे रहेका छन् ।

त्यस्तै, गायनो वार्डकी अर्चना जोशी र पवित्रा खतिवडा, मेडिसिन हाइ केयरकी सुकृति कर्माचार्य तथा पोस्ट अपकी जयन्ती चन्दलाई पनि सम्मान गरिएको छ ।

आयोजकका अनुसार नर्सिङ कर्मचारीहरूको समर्पण, पेशागत दक्षता र सेवा भावको कदर गर्दै उनीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

 



Share via
Send this to a friend