पथरीशनिश्चरे । मिक्चल दासको एक मात्र निर्णायक गोलको मद्दतमा संघर्षपुर्ण जित निकाल्दै पथरी–११ फुटबल क्लब डिफेन्डिङ च्याम्पियन व्रिगेड ब्वाइज क्लब ललितपुरलाई हराउन सफल भएको छ ।
आइतबार माेरङकाे पथरीमा भएको दाेस्राे इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको दाेस्राे खेलमा डिफेन्डिङ च्याम्पियन १-० गाेलले पराजित हुँदै घर फर्किएको छ भने आयाेजक पथरी ११ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
बाँसकाे अस्थायी प्याराफिटमा बसेका हजाराैं घरेलु समर्थककाे समर्थन पाएकाे पथरी ११ ले अग्रता लिन मध्यान्तर पछिकाे ६ मिनेट कुर्नु परेको थियो । खेलको ४६औं मिनेटमा मिक्चल दासले सौर्य राउतको पासलाई सदुपयोग गर्दै विग्रेड ब्वाइजका मिक्चल दासले जालि चुमाउनुभयो । डिबक्स भित्र बाटै सौर्यले मिक्चललाई सुन्दर पास दिनुु भएको थियो ।
१–० ले पछि परेको व्रिगेडले लगातार गोल गर्ने राम्रा अवसर बनाए पनि पथरीका गोल रक्षक समीर क्षेत्री उत्कृष्ठ बचाउ गर्नुभयो ।
निर्णायक गोल गर्ने मिक्चल दासले आइतबारको खेलमा म्यान अफ द म्याच घोषित हुँदै नगद र ट्रफि प्राप्त गर्नुभयो । सोमबार पाँचथर क्लब र सङ्कटा फुटबल क्लब बिच खेल हुनेछ । सङ्कटा गत वर्षको उप विजेता हो ।

























