रङ्गेली । स्थानीय सरकारले सञ्चालन गरेका अस्पतालहरू मध्ये मोरङको रङ्गेली अस्पताल देशकै उत्कृष्ट तथा नमूना अस्पतालको रूपमा घोषित भएको छ । सरकारले निर्धारण गरेका स्वास्थ्य सम्बन्धि न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा स्थानीय तहको मातहतमा सञ्चालन हुँदै आएको रङ्गेली अस्पताल देशभरमै उत्कृष्ठ भएको हो ।
सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा, म्यानेजमेन्ट तथा अस्पताल सेवा (ज्यकउष्तब िक्भचखष्अभ) का सूचकहरूका आधारमा गरिएको मूल्याङ्कनमा रङ्गेली अस्पतालले ८९ प्रतिशत अङ्क प्राप्त गरेकोछ। स्थानीय तह अन्तर्गत सञ्चालित देशभरका अस्पतालहरूमध्ये रङ्गेली अस्पतालले प्राप्त गरेको यो अङ्क नै सबैभन्दा बढी हो ।
प्रत्येक छ–छ महिनामा हुने नियमित मूल्याङ्कन अन्तर्गत अघिल्लो छ महिनाको अवधिमा समेत अस्पतालले ८६ अङ्क प्राप्त गरेको थियो। अस्पताले दिने सेवामा विस्तार तथा व्यवस्थापनमा थप सुधार हुँदै गएसँगै अस्पतालको अङ्क बढ्दै गएको रङ्गेली नगरपालिकाका नगरप्रमुख दिलिपकुमार अग्रवालले बताउनु भयो । उहाँले सबैको सामूहिक प्रयासका कारण अस्पताल नमूना र उदाहरणीय बन्न सफल भएको बताउनुभयो। नगरपालिकाको व्यवस्थापकीय भूमिका भएपनि अस्पताललाई अझ व्यवस्थित, सुविधा सम्पन्न र प्रभावकारी बनाउन चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहको नगर प्रमुख अग्रवालको भनाई छ । उहाँले आगामी छ महिनापछि हुने मूल्याङ्कनमा ९० अङ्कभन्दा माथि पु¥याउने लक्ष्यका साथ काम गर्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

























