Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

बेलबारी । मोरङका हात्ती प्रभावित किसानलाई बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले २० घार मौरी वितरण गरेको छ ।
बेलबारीस्थित बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले बेलबारी– १,४, ८,१० र कानेपोखरी ५ का जङ्गलसँग जोडिएका २० परिवारलाई मौरीको घार वितरण गरेको हो । हात्ती विज्ञहरूले मौरीको घार रहेको स्थानमा हात्ती नआउने सुझाव दिएपछि साझेदारी वनले मौरीको घार वितरण गरेको हो । उपभोक्ता समूहका अध्यक्ष दिनेशप्रसाद गिरीले भन्नुभयो –‘ मौरीपालनबाट आय आर्जन गर्न र हात्तीबाट बचाउन सक्छ, भन्ने सुझावलाई मध्यनजर गरेर उपभोक्तालाई मौरीको घार वितरण गरेका हौं। प्रतिघार १० हजार ८ सय रुपियाँमा घार खरिद गरी उपभोक्तालाई वितरण गरिएको जानकारी दिँदै उहाँले प्रभावकारी भएमा यो कार्यक्रम अझ बिस्तार गर्ने अध्यक्ष गिरीको भनाई छ । मौरीको आवाजसँग हात्ती डराउने र सघन रुपमा मौरीपालन भएको स्थानमा हात्ती प्रवेश नगर्ने हात्ती विज्ञहरूको भनाई छ ।
मोरङमा पछिल्ला केही वर्षयता मानव हात्ती द्वन्द्व बढेको छ । खासगरी भारतबाट नेपाल आएका हात्तीले मोरङको मिक्लाजुङ, कानेपाखेरी, केरावारी गाउँपालिकामा र उर्लाबारी, पथरीशनिश्चरे,लेटाङ, बेलबारी,सुन्दरहरैँचा नगरपालिकामा ठूलो धनजनको क्षति गर्दै आएको छ । एक दशक अघिसम्म चुनाबको बेला हात्ती नियन्त्रणको विषय झापामा मात्र उठ्ने ग¥थ्यो । तर, यसपटक देखि मोरङमा पनि हात्ती नियन्त्रणको विषय दलको घोषणा पत्रमा उल्लेख भएको छ ।
हात्ती पीडितहरूले मौरीपालनका कारण हात्ती नियन्त्रण गर्न सहज भएमा ब्यावसायिक रुपमा मौरीपाल्ने बताउनु भयो ।



Share via
Send this to a friend