Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरपालिकामा अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्ड कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
प्रतियोगिताको ।आयोजक पथरी—११ फुटबल क्लवले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । जेठ १२ गते देखि पथरीशनिश्चरेको जाँतेमोडस्थित प्रस्तावित नगर रङ्गशालामा हुने प्रतियोगितामा राष्ट्रिय लिग खेल्ने ४ वटा ए डिभिजनका क्लव सहित १० टिमले भाग लिने छन् । जसमा एउटा भारतीय टिम हुनेछ ।
प्रतियोगिताका विजेतालाई ४ लाख नगद सहित गोल्ड कप र प्रमाणपत्र प्रदान गरिने छ भने उप विजेता टिमलाई २ लाख नगद सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ । गोल्डकप आयोजना गर्न ४० लाख ८५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता भर ५० हजार दर्शकले फुटबल हेर्ने अनुमान गरिएको छ । प्रतियोगितामा कुन कुन ए डिभिजन क्लब ल्याउने भन्ने विषयमा छलफल चलिरहेको क्लवका सदस्य गिरिस साम्वाले बताउनु भयो ।



Share via
Send this to a friend