Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । स्रोत सुनिश्चित नभई निर्माण सुरु भएको मोरङको उर्लाबारी– ६ स्थित वहुउदेश्यीय कवर्ड हल बजेट अभावमा अलपत्र भएको छ ।
२०७६ सालमा ३ करोड १२ लाख रुपियाँको डिपीआर तयार गरेर उर्लाबारी नगरपालिकाले निर्माण कार्य थालेको कवर्ड हल नगर र प्रदेशले सुनिश्चित गरे रकम नआएपछि अलपत्र भएको हो । नगर र प्रदेश सरकारले आर्थिक वर्ष ०८०।०८१ म ३०।३० लाख रुपियाँ छुट्याउने प्रतिवद्धता थियो । हालसम्म कवर्ड हल निर्माणका लागि पछिल्ला चार वर्षमा ९७ लाख रुपियाँ खर्च भइसकेको छ । २०७६ सालमा १५ लाख,०७७ सालमा २५ लाख रुपियाँ खर्च भएको कवर्डहलमा २०७८ सालमा ३५ लाख रुपियाँ खर्च भयो । ०७९ सालमा प्रदेश सरकारले १९ लाख र सङ्घीय सरकारको तराई मधेश समृद्धि कार्यक्रमको २५ लाखमा ३० प्रतिशत नगरपालिकाले थप गरि झण्डै ५० लाख रुपियाँको काम भयो । तर,आर्थिक वर्ष ०८०।०८१ पछि नगर र प्रदेशले बजेट छुट्याएनन् ।

 


उर्लाबारी ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले भन्नुभयो – बहुवर्षीय योजना हो । त्यसैले हरेक आर्थिक वर्षमा केही न केही बजेट सुनिश्चित गरेर काम सम्पन्न गर्ने लक्ष्य थियो । पछिल्लो दुई वर्षयता बजेट अभाव भयो , त्यसैले काम अघि बढ्न सकेको छैन् ।
दमक ४ का जीवन आचार्यले ३ कट्ठा ५ धुर जग्गा निशुल्क उपलब्ध गराउनु भएपछि नगरपालिकाले बहुउदेश्यीय कबर्ड हल निर्माण थालेको थियो । विभिन्न प्रकारका इनडोर प्रतियोगिता आयोजना गर्न सकिने गरी निर्माण सुरु भएको कबर्ड हल अन्तर्राष्ट्रिय मान्यताको रहेको छ । ३२ मिटर लम्बाई,१९ दशमलव २५ मिटर चौडाई र ११ मिटर उचाईको कबर्ड निर्माण गर्न अझै डेढ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । उर्लाबारी –६ का वडाध्यक्ष चिन्तामणि पौडेलले भन्नुभयो – महालेखाले समेत योजना पुरा गर्न भनेको थियो । तर,बजेट कतैबाट पनि छुट्टिएन ।



Share via
Send this to a friend