Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

गौरादह / गौरादह फुटसलमा आगामी साउन  ५ गतेदेखि “गौरादह फुटसल समर क्याम्प सिजन–३” सुरु हुने भएको छ । तीन महिनासम्म सञ्चालन हुने यस फुटबल प्रशिक्षण क्याम्पमा बालबालिकाहरुलाई फुटसलको व्यावसायिक प्रशिक्षण प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।

‘Train | Compete | Grow’ भन्ने नाराका साथ सुरु हुने यस क्याम्पमा ११ वर्ष मुनिका जुनियर बालकहरुको लागि शुल्क  १ हजार ५ सय १२ देखि १५ वर्षका किशोरहरूका  लागि  २ हजार ५ सय रुपैयाँ  र सबै उमेर समुहका किशोर ,किशोरीलाई  १ हजार १ सय शुल्क निर्धारण गरिएको छ ।

साथै, प्रत्येक सहभागीको लागि  परिचयपत्र र आवश्यक सामग्रीका लागि अतिरिक्त  ३ सय रुपैयाँ  लाग्नेछ ।

क्याम्पमा व्यावसायिक प्रशिक्षकद्वारा फुटसल सिकाइ, रमाइला अभ्यास सत्र र प्रतिस्पर्धात्मक खेलहरु समावेश गरिनेछ ।



Share via
Send this to a friend