कानेपोखरी । मोरङको कानेपोखरीमा जेठ १५,१६ र १७ गते १० ओैं सिएचआइटीएफ च्याम्पियनशिप तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।कोशी प्रदेश तेक्वान्दो सङ्घले मोरङको कानेपोखरी ६ रमाइलोमा प्रतियोगिता स१चालन गर्न लागेको हो । सिएचआइटीएफ कोशी प्रदेश सङ्घको आयोजनामा हुने प्रतियोगितामा २५ जिल्लाका ३५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा पुरुष तर्फ २० देखि ९० केजी समुहका १५ वटा खेल हुनेछन् ।यस्तै महिला तर्फ २० देखि ८० केजी सम्मका १३ वटा अलग अलग खेल हुनेछन् ।यस्तै पुरुष र महिला तर्फ समुह फाइट ,सिंगल प्याटन,समुह प्याटनका अलग अलग खेल हुनेछन् । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा ५०÷५० वटा स्वर्ण र रजत पदक तथा एकसय वटा कास्य पदक प्रदान गरिनेछ ।जिल्ला गत रुपमा पुरस्कार तथा पदक प्रदान गरिने कोशी प्रदेश सङ्घका अध्यक्ष युवराज भुजेलले बताउनु भयो ।भुजेलका अनुसार प्रतियोगिता आयोजना गर्न ८ लाख ७० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
पोखरामा हुने तय भएको खेल गाउँतिर आयोजना गर्ने सहमति भएपछि मोरङको कानेपोखरीमा हुन लागेकोे हो । प्रतियोगितामा विश्व प्रशिद्ध तेक्वान्दो प्रशिक्षक एडन चाङ (मलेसिया )को पनि उपस्थिति रहने अध्यक्ष भुजेलले बताउनुभयो ।

























