विराटनगर । मोरङ प्रहरीले लागुऔषध ब्राउन हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जेठ २८ गते अपराह्न करिब १२:३० बजे विराटनगर महानगरपालिका–९ स्थित ट्राफिक चोक क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले ट्राफिक चोक सडकखण्ड किनारमा रोकिराखिएको भारतीय नम्बर प्लेट BR 38 AS 6598 को मोटरसाइकलमा सवार दुई जनामाथि शंका लागेर जाँच गर्दा १११ ग्राम ब्राउन हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ।
पक्राउ पर्नेमा भारत, अररिया जिल्ला जोगबनी–१० टिकुलिया बस्तीका १९ वर्षीय इरफान खान र विराटनगर महानगरपालिका–१७ रानी निवासी १९ वर्षीय इफ्रिति मियाँ रहेका छन्।
प्रहरीले दुवै जनालाई बरामद लागुऔषध तथा मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको जनाएको छ।
ADVERTISEMENT

२०८३ जेष्ठ ३०




