Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको गुजेश्वरी सुकुम्बासी बाढीपीडित बस्तीमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा काठमाडौँ वडा नम्बर ९ गुजेश्वरी माविको प्राङ्गणमा भएको शिविरमा दुई सय ५५ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।



Share via
Send this to a friend