Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको जापानको स्पेसटाउन सहर बिच भगिनी सम्बन्ध कायम गरिएको छ । स्पेसटाउनका मेयर हिरोयासो कोजोनोको निमन्त्रणमा जापान पुग्नु भएका मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राई र मेयर हिरोयासो बिच दुई पक्षीय भगिनी सम्बन्ध कायम गर्ने सम्झौता भएको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य डाक्टर सुनिल शर्माले भात खानका संघर्ष गरिरहेका हामी र अन्तरिक्षमा बस्ती बसाउन अध्ययन गरिरहेको स्पेसटाउन बिचको सम्बन्धले मोरङको मिक्लाजुङको स्वास्थ्य,शिक्षा, पर्यटन र सामाजिक विकासमा सहयोग पुग्ने अपेक्षा गनुृभयो । जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदीले देशका बिच रहेको सम्बन्ध नागरिक नागरिक बिचमा पुग्ने धारणा राख्नुभयो । मिक्लाजुङ गाउँपालिका र स्पेसटाउन बिच कायम हुन् लागेको भगीनी सम्बन्ध दिगो र प्रभावकारी बनाउन र दुई पालिका बिचको सहयोग आदान प्रदान जारी राख्न सकारात्मक रहेको बताउनु भयो ।
यस्तै नेपाली टोलीले जापानका सांसद कुबोटा तेत्सुयासँग भेटघाट गरेको छ । भेटका क्रममा अध्यक्ष राईले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा सहयोग गर्न सांसद कुबोटालाई आग्रह गर्नु भएको छ । भेटमा मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले भेटघाटले दुई देश बिचको सदियौं पुरानो सम्बन्ध अझ प्रगाढ हुने धारणा राख्नुभयो । कांग्रेस नेता चिरन्जीवी थापा तथा व्यवसायी जीवन खड्काले भेटघाट र शिष्टाचारको प्रबन्ध मिलाउनु भएको हो



Share via
Send this to a friend