कानेपाेखरी । कानेपाेखरी गाउँपालिकाले बुधबार अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायता सामाग्री वितरण गरेकाे छ । पालिका परिसरमा विभिन्न प्रकारका १८ जना अपाङ्गता भएका ब्यक्तिलाई अपाङ्गता सहायक सामग्री वितरण गरिएको हो ।
सामग्रीहरु ट्राइसाइकल , कृतिम खुट्टा, साइम्स, वकर, लौरो, बैशाखी, cp कुर्सी लगायत सहायक सामग्री रहेकाे पालिका अध्यक्ष राजमती इङ्गनामले जानकारी दिनुभयाे । सामग्री वितरण कार्यक्रममा उपाध्यक्ष भोला प्रसाद अधिकारी , ओ.पि.डिका समिति सदस्य लगायतकाे उपस्थिति थियो ।
कार्यक्रममा प्राबिधिक सहयोग सि.बि.आर.,समन्वय ओ.पि.डि. नवप्रगति संस्था र आयोजना कानेपोखरी गाउँपालिका, मोरङ्ग महिला बालबालिका शाखाको रहेको थियो ।


























