Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । दश वर्षे जनयुद्धका क्रममा सहिद भएका परिवार र जनमुक्ति सेना भएर काम गरेका सदस्यहरूलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले उर्लाबारी नगर समितिले शनिवार सम्मान गरेको छ ।
पार्टीको दोस्रो नगर अधिवेशनको अवसर पारेर पार्टीले सहिद परिवार र पूर्व जनमुक्ति सेनालाई सम्मान गरेको हो । उर्लाबारी क्षेत्रबाट दुर्गा वनेम ,मित्रप्रसाद भट्टराई,रङ्गलाल धिमाल,होम ढकाल,टेकबहादुर राजवंशी,नवीन घिमिरे,विश्वनाथ पराजुली,टोमनाथ पौडेल,रामप्रसाद गौतम्,भरत श्रेष्ठ,भूपेन्द्र भट्टराई,मोहनप्रसाद ढकाल सहिद हुनु भएको थियो । यस्तै कुबेर आपगाई बेपत्ता हुनु भभएको थियो । सहिद र बेपत्ता भएका परिवारलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका महासचिव देव गुरूङले सम्मान गर्नुभयो । यस्तै जनयुद्ध सफल बनाउन सक्रियता सहभागि भएका विभिन्न ४५ जना पूर्व जनमुक्ति सेनालाई समेत सम्मान गरिएको छ ।
दोस्रो नगर अधिवेशन तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै पार्टी महासचिव देव गुरुङले राजतन्त्र हटाएर मात्र समाजवाद प्राप्त नहुने बताउनु भयो । राजतन्त्र भन्दा साम्राज्यवाद सय गुणा शक्तिशाली हुने बताउँदै उहाँले भन्नुभयो –‘साम्राज्यवादले फुटाउ शासन गरको सिद्धान्त लिएको हुन्छ । हामीले त्यो बुझेका छैनौं । हाम्रो आन्तरिक एकता बलियो नभएर साम्राज्यवादले सधैं हामी बिरुद्ध खेलिरहने उहाँको धारण थियो । मानव विकासमा समाजवाद स्वर्णिम ब्यवस्था भएको बताउँदै महासचिव गुरूङले समाजवाद प्राप्तिका लागि साझो ढङ्गबाट लडेर सम्भव नहुने उल्लेख गर्नु भयो ।
उर्लाबारी नगर समितिका अध्यक्ष गजेन्द्र दङ्गालको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्व मन्त्री गणेश उप्रेती,केन्द्रीय सदस्य एवम् पूर्व प्रदेश सभा सदस्य कुलप्रसाद साम्वा, नेपाली कांग्रेसका नगर सभापति सुरेन्द्र लिम्बू, एमाले नगर अध्यक्ष गङ्गाप्रसाद बास्तोला, राप्रपाका क्षेत्रीय उपाध्यक्ष देवीप्रसाद दाहाल लगायतले बोल्नु भएको थियो ।



Share via
Send this to a friend