Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

लेटाङ । मोरङको लेटाङ नगरपालिकाले भगवान गौतम वुद्धको जन्मस्थल रहेको रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेको छ ।
लेटाङ नगरपालिकाले भगिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव राखेको थियो । नगरको प्रस्ताव स्विकार्दै लुम्विनी साँस्कृतिक नगरपालिकाले लेटाङलाई निम्तो दिएपछि सम्बन्ध स्थापित गर्न नगर प्रमुख भूपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलासहितको जनप्रतिनिधिको टोली लुम्विनी पुगेको थियो । नगर प्रमुख भूपेन्द्रकुमार लावतीले भन्नुभयो –लुम्विनी साँस्कृतिक नगरपालिकाको कार्यालयमा वैशाख २१ गते आइतबार आयोजित समारोहमा लुम्विनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान र हाम्रो पालिका बिच संयुक्तरूपमा १० बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध स्थापना भएको छ ।
कार्यक्रममा लेटाङ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले १० वुँदे समझदारीपत्र वाचन गरेर सुनाउनु भयो ।समझदारीपत्रमा लेटाङ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका मुख्य धार्मिक, साँस्कृतिक, प्राकृतिक लगायतका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्ने तथा पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उल्लेख छ । यसैगरी लेटाङ र लुम्बिनी साँस्कृतिक नगरपालिकामा उत्पादित मौलिक वस्तू तथा कृषि उपजहरुलाई एकआपसमा बजारीकरण गर्न सहयोग गर्ने, सिकाई आदान प्रदान गर्दै असल अभ्यासहरूलाई सँस्थागत गर्न सहजिकरण गर्ने, दैवी प्रकोप र प्राकृतिक विपत्तिमा एकआपसमा सहयोग आदान–प्रदान गर्ने लगायतका विषयहरु उल्लेख छन् । हस्ताक्षर पश्चात दुवै नगरपालिकाका नगर प्रमुखले एक–अर्कालाई समझदारीपत्र हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा दुवै नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एकअर्कालाई माला र टीका लगाइ दिएर मीत्रता गाँसिएको सन्देश दिनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले भौतिक विकासलाई मात्र विकास मान्ने गरिएको भन्दै भावना जोड्ने, मन जोड्ने, संस्कार जोड्ने र मान्यता जोड्ने कुराहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले भौतिक विकास अस्थायी कुराहरू रहेकाले ंसस्कार र संस्कृतिको विकास स्थायी र अर्थपूर्ण हुने बताउनुभयो ।लुम्विनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानले दुई नगरपालिकाबीचको भगिनी सम्बन्ध सदासदाको लागि कायम रहने बताउनुभयो । उहाँले भगिनी सम्बन्ध दुवै नगरपालिकाका लागि फलदायी रहने धारणा राख्नुभयो ।



Share via
Send this to a friend