Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
कानेपोखरी । मोरङको कानेपोखरी–७,बरगाछीमा अनाथ र विपन्न बालबालिकाहरूका लागि आहार तथा शिक्षा प्रदान गर्ने उद्देश्यले ‘आदर्श गृह’ को स्थापना गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर बिहीबार मर्सी डेभलपमेन्ट फाउण्डेसनका नेपाल निर्देशक सोनिया दङ्गालले आदर्श गृहको उद्घाटन गर्नुभयो ।
गृहमा पहिलो चरणमा ३० जना बालबालिकालाई आवासीय सेवा दिइने भएको छ । ति बालबालिकालाई स्थानीय आदर्श इङ्लिस स्कुलमा अध्ययन,स्वास्थ्य उपचारको जिम्मा मर्सी डेभलपमेन्ट फाउण्डेसनको रहने छ । फाउण्डेसन अर्जेटिना,क्युवा र मेक्सिकोका सहयोगी हातहरूबाट नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो । आदर्श इङ्लिस स्कुलका फाउण्डर नवराज श्रेष्ठले आफ्नो नीजि जग्गामा झण्डै २० लाख खर्चेर भवन बनाउनु भएको हो । गाउँमा अनाथ बालबालिकाका लागि आवशीय सेवा सहित शैक्षिक सुविधा दिइने भएपछि स्थानीयले खुसी प्रकट गरेका छन् ।
बाबुआमाले छोडेका,बेसाहारा, सडकमा फेला परेका बालबालिकालाई शिक्षा दिने उदेश्यले मर्सी डेभलपमेन्ट फाउण्डेसन नेपालले आदर्श गृह स्थापना गरेको निर्देशक सोनिया दङ्गालले बताउनु भयो ।
उद्घाटन समारोहमा कानेपोखरी गाउँपालिका वडा नंं ७ का वडाध्यक्ष मोहनप्साद अधिकारी जनसेवा माविका पूर्व प्रधानध्यापक दामोदर सिग्देल र आदर्श इङ्लिस स्कुलका निर्देशक मानबहादुर मगरले शुभकामना ब्यक्त गर्नुभ भएको थियो ।



Share via
Send this to a friend