काठमाडौं । नेपाली कांग्रेसका नेता एवम प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले पत्रकार दिलभुषण पाठकमाथि जारी भएको पक्राउ पुर्जी प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भएको बताउनु भएको छ ।
सांसद शर्माले असहमति या असन्तुष्टि भए त्यसको विधिसम्मत सुनुवाइ र निरूपण प्रेस काउन्सिलमार्फत हुने भए पनि सिधै अपराध ठहर गर्दै पक्राउ पुर्जी जारी हुनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भएको बताउनु भयाे ।
‘सत्ता सँग प्रश्न गर्ने, खोजमूलक पत्रकारिताका माध्यमबाट विविध सन्दर्भमा विषयवस्तु उजागर गर्ने र सत्य जनतासामु ल्याउन प्रयास गर्न कलम चलाउने पत्रकारिता कुनै अपराध होइन,’ उहाँले भन्नु भयाे ‘प्रकाशित/प्रसारित सामग्री प्रति कुनै प्रतिवाद, असहमति या असन्तुष्टि भए त्यसको विधिसम्मत सुनुवाइ र निरूपण प्रेस काउन्सिलमार्फत हुनुपर्छ भन्ने स्पष्ट कानुनी व्यवस्था रहेको भएता पनि सिधै अपराध ठहर गर्दै पत्रकार दिलभुषण पाठकमाथि जारी भएको पक्राउ पुर्जी प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला हो ।’
उहाँले यो केवल एउटा व्यक्तिको मुद्धामात्र नभएर अभिव्यक्ति स्वतन्त्रता, प्रेसको अधिकार र लोकतान्त्रिक मूल्यहरूमाथिको ठाडो हस्तक्षेप भएको टिप्पणी गर्नुभयो ।
सामाजिक सञ्जाल लेख्दै सांसद शर्माले पत्रकार पाठकको पक्राउ पुर्जी तत्काल फिर्ता गरिनु पर्ने बताउ नु भयो । ‘यो केवल एउटा व्यक्तिको मुद्धामात्र होइन । यो अभिव्यक्ति स्वतन्त्रता, प्रेसको अधिकार र लोकतान्त्रिक मूल्यहरूमाथिको ठाडो हस्तक्षेप हो । पत्रकार दिलभुषण पाठकको पक्राउ पुर्जी तत्काल फिर्ता गरियोस्’ उहाँले भन्नुभयो ।
डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुनुहुन्छ। उहाँले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आउनु भएको छ। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।
उहाँ कै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उहाँले जनाउनु भयाे ।

























