Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
रतुवामाई । मोरङको रतुवामाई नगरपालिकाले ८३ करोड ८५ लाख ११ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ ।सोमबार साँझ स्थानीय विश्वनाथ मन्दिरको सभाहलमा भएको १६ ओैं नगरसभाको बैठकमा नगर उपप्रमुख दमयन्ता देवी चुडालले आगामी आर्थिक वर्ष २०८२÷२०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको हो ।
नगर उप प्रमुख चुडालले आम्दानी तर्फ घरभाडा, राजस्व तथा प्राकृतिक स्रोतसाधनबाट २७ करोड रुपियाँ सङ्कलन गर्ने अनुमान गर्नु भएको छ । यसैगरी सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान १५करोड ३६लाख ,सङ्घीय सरकारबाट राजश्व बाँडफाँड १२ करोड ५०लाख ४५ हजार ३१९ रुपियाँ प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ४५ लाख ७० हजार रुपियाँ प्रदेश सरकारबाट समानीकरण कर बाँडफाँडबाट ९१ लाख ४ हजार र आन्तरिक आम्दानीबाट ४ करोड रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । चालु आवमा खर्च नभएको पुँजीगत रकमलाई अल्या गरिएको छ। उक्त रकम ८ करोड ३३लाख २० हजार ६८१ रुपियाँ रहेको छ। यसैगरी सङ्घीय सरकारबाट सशर्त अनुदान चालु तर्फको ३१ करोड२८ लाख रुपियाँ,सङ्घीय सरकारबाट सशर्त अनुदान पुँजीगत तर्फ ३ करोड ३१ लाख रुपियाँ ,प्रदेश सशर्त अनुदान चालु २९लाख ७१हजार ,प्रदेश सशर्त अनुदान पुँजीगत १ करोड लाख ५३ लाख रुपियाँ ,प्रदेश सरकार समपूरक सशर्त अनुदान ८० लाख रुपियाँ,संघीय सरकार विशेष अनुदान ६७लाख रुपियाँ र सङ्घीय सरकार समपुरक अनुदान ७० लाख रुपियाँ गरी ८३ करोड ८५ लाख ११ हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको हो ।
यसैगरी खर्च तर्फ नगरका विषयगत शाखाका कार्यक्रम सञ्चालन गर्न ४ करोड ३३ लाख ४ हजार,नगरको पूर्वाधार विकासका लागि ७ करोड ३१ लाख,क्रमागत दायित्व १ करोड २५ लाख,चालु खर्च (कर्मचारी र पदाधिकारी तलव भत्ता र पोशाक ११ करोड ५० लाख ,छोरी बुहारी शिक्षाका लागि २० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । यसैगरी नगर अस्पताल ब्यवस्थापनका लागि ५० लाख,किसानको सिंचाई मोटरको विद्युत वील तिर्न ५० लाख ,दमकल खरिद तथा ब्यवस्थापन १ करोड,अपाङ्गता भएका नगरवासीको पुनस्र्थापनाका लागि २ लाख ५० हजार रुपियाँ विनियोजन गरिएको छ । यस्तै मर्मत सम्भारका लागि ५० लाख, विपद ब्यवस्थापनका ४० लाख रुपियाँ छुट्याईको छ । सङ्घ र प्रदेश सरकारले दिएको ससर्त अनुदान जुन शीर्षक तोकेर दिइएको छ । त्यही शीर्षकमा खर्च हुनेछ । आगामी वर्षका लागि वडागत सिलिङका लागि ५ करोड ५० लाख रुपियाँ छुट्याइएको छ । चालु आवका लागि नगरले ७८ करोड ९० लाख ३३ हजार रुपियाँको बजेट प्रस्ताव गरेको थियो । जसमध्ये ८ करोड ३३ लाख २० हजार ६८१ रुपियाँ खर्च हुन नसकेपछि आगामी वर्षको बजेटमा अल्या गरिएको छ ।
नगरप्रमुख नागेश्वरप्रसाद सिंह गनगाईको अध्यक्षतामा भएको १६ औं नगरसभाको बैठक छलफल पछि संसोधन सहित पारित हुने वडा नंं १० का वडाध्यक्ष एवम् प्रवक्ता भुलबहादुर कार्कीले बताउनु भयो ।



Share via
Send this to a friend