गौरादह / गौरादह फुटसलमा आगामी साउन ५ गतेदेखि “गौरादह फुटसल समर क्याम्प सिजन–३” सुरु हुने भएको छ । तीन महिनासम्म सञ्चालन हुने यस फुटबल प्रशिक्षण क्याम्पमा बालबालिकाहरुलाई फुटसलको व्यावसायिक प्रशिक्षण प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।
‘Train | Compete | Grow’ भन्ने नाराका साथ सुरु हुने यस क्याम्पमा ११ वर्ष मुनिका जुनियर बालकहरुको लागि शुल्क १ हजार ५ सय १२ देखि १५ वर्षका किशोरहरूका लागि २ हजार ५ सय रुपैयाँ र सबै उमेर समुहका किशोर ,किशोरीलाई १ हजार १ सय शुल्क निर्धारण गरिएको छ ।
साथै, प्रत्येक सहभागीको लागि परिचयपत्र र आवश्यक सामग्रीका लागि अतिरिक्त ३ सय रुपैयाँ लाग्नेछ ।
क्याम्पमा व्यावसायिक प्रशिक्षकद्वारा फुटसल सिकाइ, रमाइला अभ्यास सत्र र प्रतिस्पर्धात्मक खेलहरु समावेश गरिनेछ ।

























