Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

पथरीशनिश्चरे /  सिराहाको सलहेश फुटबल क्लब भारतको सिलिगुडी स्थित कन्चनजंघा फुटबल क्लबलाई ५–१ को फराकिलो गाेल अन्तरले पराजित गर्दै दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप २०८२ को उद्घाटन खेलमा प्रभावशाली जीत हासिल गरेको छ। यस जितसँगै सलहेश फुटबल क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

खेलको सातौं मिनेटमा सलहेशका आदित्य शाक्यले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि २४ औं मिनेटमा रिचार्ड विल्सनले अर्को गोल थप्दै अन्तर २–० बनाए। खेलको २८ औं मिनेटमा सुजन डंगोलले तेस्रो गोल गर्दै पहिलो हाफमै सलहेशलाई ३-० काे मजबुत स्थितिमा पुर्‍याए।

दोस्रो हाफमा पनि सलहेशले आक्रमणको लय कायम राख्यो। खेलको ५९ औं मिनेटमा रिचार्ड विल्सनले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ४–० पुर्‍याए। अतिरिक्त समयमा उनले ह्याट्रिक पूरा गर्दै टिमका लागि पाँचौं गोल गरे।

सिलिगुडी कन्चनजंघाका लागि ६२ औं मिनेटमा प्रनिष प्रधानले सान्त्वना गोल फर्काए।

उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गर्ने रिचार्ड विल्सन ‘म्यान अफ द म्याच’ घोषित भए।उनलाई ५ हजार नगद सहित ट्रफि प्रदान गरियाे ।

प्रतियोगिताअन्तर्गत आइतबार आयोजक पथरी–११ फुटबल क्लब र ललितपुरको ब्रिगेड ब्वाइज क्लबबीच खेल हुने कार्यक्रम छ।

यसअघि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख माेहनप्रसाद तुम्वापाेले एक भब्य समारोहका बिच खेलकाे उद्घाटन गरे ।

नेपाल भारतका आठ टिम सहभागी प्रतियोगिताका विजेताले पाँच लाख नगद सहित गाेल्डकप र उप विजेता दुई लाख पचास हजार रुपियाँ नगद र ट्रफि प्राप्त गर्नेछन् ।

उद्घाटन खेलकाे ओैपचारिक समारोह क्लबका अध्यक्ष सुमन विककाे सभापतित्वमा भएको थियो ।

 



Share via
Send this to a friend