Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

विराटनगर — नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले चिकित्सक तथा नर्सिङ कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारका क्रममा संलग्न स्वास्थ्यकर्मीमाथि गालीगलौज, धम्की तथा अमर्यादित व्यवहार भएको घटनाप्रति खेद प्रकट गरेको हो।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, उपचार प्रक्रियासँग सम्बन्धित कुनै पनि गुनासो भएमा सम्बन्धित निकायमार्फत औपचारिक रूपमा उजुरी दिन सकिने व्यवस्था हुँदाहुँदै केही व्यक्तिहरूले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा प्रसारण गर्ने जस्ता गतिविधि गरेको पाइएको छ।
अस्पतालले यस्ता गतिविधि गैरकानुनी भएको स्पष्ट पार्दै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिकाअनुसार दोषीमाथि कानुनबमोजिम कारबाही हुन सक्ने जनाएको छ। साथै, स्वास्थ्यकर्मीलाई सुरक्षित र सम्मानजनक वातावरणमा काम गर्न दिन सबै पक्षसँग अपिल गरिएको छ।
अस्पताल प्रशासनले चिकित्सक, नर्स तथा अन्य कर्मचारीलाई निर्भय भएर सेवा दिन सक्ने वातावरण सिर्जना गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यस्ता घटनामा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ।



Share via
Send this to a friend