कानेपाेखरी ।माेरङकाे कानेपाेखरी ७ का ताराप्रसाद श्रेष्ठकाे एनआईसी एसिया बैंक रमाइलो शाखाबाट २ लाख रुपैयाँ ट्रान्सफर भएको छ ।
जेठ १९ गते १२ बजेर १४ मिनेटमा एनआइसी एसिया बैंककाे D३८७९६२१९८३५२४०१नम्बरको खाताबाट प्राइम कमर्सियल बैंक इटहरी शाखाकाे दीपेशकुमार चाैधरीकाे खातानम्बर ०१६०१०००००००५७९२३४७० मा गएकाे भनेर म्यासेज आएपछि तारा श्रेष्ठको सात्ताे गयाे । बैंककाे पिन,क्युआर शेयर नगरेको अवस्थामा पैसा ट्रान्सफर भएपछि श्रेष्ठ अत्तालिँदै एनआइसी एसिया बैंककाे रमाइलो शाखा पुग्नुभयाे । ताराले थप पैसा नहराओस भनेर बैंकलाई आफ्नो खाता ब्लक गर्न लगाउनुभयाे ।बैंकले खाता ब्लक पनि गर्याे तर,एनआइसी एसिया रमाइलो शाखाले बाँकी पैसाकाे पनि रिक्स लिन नसक्ने भनेपछि ताराले बाँकी रहेको पैसा चेक काटेर झिक्नुभयाे ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार ताराकाे पैसा सप्तरी जिल्लाकाे तत्कालीन बनरधुला गाविस वडानम्बर ८ हाल खडक नगरपालिका वडानम्बर ३ का दिलिपकुमार चाैधरीका छाेरा २० वर्षीय दिपेश चाैधरीकाे एकाउन्टमा जम्मा भएको जनाएको छ । दिपेशकाे माेवाइल र बैंक एकाउन्टकाे डिटेल अनुसार प्रहरीले उनकाे खाेजि सुरु गरेको छ ।
यता पीडितहरू भने प्रहरीले दिएकाे ठेगाना पहिल्याउँदै दिपेशकाे घर सप्तरीको खडग नगरपालिका वडानम्बर ३ पुगेका छन् । तर,पीडितहरू पुग्नु अगाबै चाैधरी गाउँ बाट फरार भइसकेको बुझिएको छ ।






