Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

ललितपुर । ख्रीष्टियन जर्नलिस्ट फेलोसिपद्वारा आयोजित दुई दिने ख्रीष्टियन मिडिया सम्मेलन बुधबार ललितपुरमा सम्पन्न भएकाे छ ।

काठमाण्डौँ उपत्यकामा रहेका ख्रीष्टियन मिडियाकर्मीहरुको सहभागितामा ख्रिष्टियन जर्नलिस्ट फेलोसिप नेपालले दुई दिने मिडिया सम्मेलन बैशाख २५ गते मंगलबार सुरू भएकाे हाे । दुई दिने सम्मेलनमा ख्रीष्टियन मिडियाको संघर्ष र अवसर सहित ख्रीष्टियन मिडियार्कीहरुले इसाई समुदायको पक्षमा खेल्नुपर्ने महत्वपूर्ण भुमिकाको विषयमा छलफल भएकाे थियाे । सम्मेलनमा ख्रीष्टियन मिडियालाई आत्मनिर्भर बनाउन र आफ्नै सेटलाइट टि.भि सञ्चालन गर्ने विषयमा समेत छलफल भएकाे थियाे ।

ख्रीष्टियन मिडिया सम्मेलनको पहिलो दिन एन.सि एफ नेपालका महासचिव सेर ए.सीले ख्रीष्टियन मिडियाकर्मीहरुको लेखन र प्रस्तुतिकरणमा ध्यान पु¥याउनु पर्ने विषयमा बोल्नुभएको थियो ।
त्यसैगरी नेपाल ख्रीष्टियन समाजका उपमहासचिव राजेन्द्र मल्लले ख्रीष्टियन पत्रकारहरु ज्योतिको रुपमा भएर सकारात्मक समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने विषय पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख भएकाे बताउनु भएकाे थियो । भर्चुवल माध्यमबाट पनि जोडिएका ६० बढीले सम्मेलनमा भाग लिएका थिए ।



Share via
Send this to a friend