उर्लाबारी । राष्ट्रिय सहकारी बैंक लि.ले मोरङको उर्लाबारीमा शाखा समन्वय उप समिति गठन गर्न गरेको छ ।
एकसाता यता राष्ट्रिय सहकारी बैंकले उर्लाबारी, र विराटनगरमा स्थानीय शाखा समन्वय उप समिति गठन गरेको हो । मङ्गलबार बैंकले उर्लाबारीमा आयोजित कार्यक्रममा पथरीशनिश्चरे, उर्लाबारी, रतुवामाईका सहकारी सञ्चालक र सहकारी कर्मचारी संगठनका अध्यक्षलाई सहभागि गराएर ९ सदस्यीय शाखा समन्वय उप समिति र ५ सदस्यीय सल्लाहकार उप समिति गठन गरेको हो । समितिको संयोजकमा मनकामना बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष युवराज भट्टराई हुनुहन्छ । यस्तै सदस्यहरूमा यादवचन्द्र दूलाल (अध्यक्ष–आरती बहुउदेश्यीय सहकारी संस्था लि. पथरीशनिश्चरे )विजयकुमार कार्की (अध्यक्ष, सगरमाथा बचत ऋण सहकारी संस्था लि.उर्लाबारी)चक्रबहादुर खड्का (अध्यक्ष,सहकारी कर्मचारी संगठन उर्लाबारी),गणेशकुमार राई(अध्यक्ष, सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे ),हेमचन्द्र थापा (अध्यक्ष, सुनपकुवा स्वालम्वी बचत ऋण सहकारी संस्था लि.उर्लाबारी),सर्शु गुरुङ(अध्यक्ष, महिला उत्थान बचत ऋण सहकारी संस्था लि.उर्लाबारी) र विवेक रिजाल (शाखा प्रमुख राष्ट्रिय सहकारी बैंक लि.उर्लाबारी ) हुनुहुन्छ ।
यस्तै सल्लाहकारहरूमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि मोरङका अध्यक्ष प्रेमप्रकाश कोइराला,इटहरा साकोसका अध्यक्ष विनोद घिमिरे,इटहरा कृषि सहकारी संस्था लि.का सल्लाहकार देवेन्द्र पौडेल,सहकारी सञ्जाल उर्लाबारीका अध्यक्ष सीता कार्की र सौंठा साकोसका कार्यवहाक अध्यक्ष खगेन्द्र भट्टराई रहनु भएको छ । 
शाखा समन्वय उप समिति गठनका लागि राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेशप्रसाद पोख्रेल,बैंकका सञ्चालक सदस्य महेन्द्र गिरी लगायतको उपस्थिति थियो ।

























