Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

विराटनगर । नोबेल शिक्षण अस्पतालको नाक, कान, घाँटी (ईएनटी) विभागले  बैशाख ९ गते बुधबार   कोक्लियर इम्प्लान्ट सम्बन्धी एक विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कोक्लियर इम्प्लान्ट गराएका बालबालिका तथा तिनका अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। साथै विभागका चिकित्सक, आवासीय चिकित्सक र मेडिकल अफिसरहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा काठमाडौंका वरिष्ठ स्पीच ल्याङ्ग्वेज प्याथोलोजिस्ट सविन शर्मा र अष्ट्रियाका अडियोलोजिस्ट तथा स्पीच थेरापिस्ट डागमर हेर्मानोभाले प्रस्तुति दिनु भएको  थियाे । उहाँहरूले श्रवण तथा वाक् समस्या भएका बिरामीहरूको आधुनिक उपचार विधि र आफ्ना अनुभवहरू सहभागीमाझ साझा गर्नु
ुभएकोथियो । चिकित्सकहरूले कोक्लियर इम्प्लान्टपछि निरन्तर स्पीच थेरापी र हियरिङ थेरापीको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनु भयो ।उहाँ हरूका अनुसार यस्तो थेरापीले बालबालिकाको सुन्ने र बोल्ने क्षमता विकासमा ठूलो सहयोग पुर्‍याउँछ।
श्रवण अशक्तता भएका बिरामी, विशेषगरी बालबालिकाका लागि कोक्लियर इम्प्लान्ट प्रभावकारी र जीवन परिवर्तन गर्ने उपचार विधि सावित भइरहेको छ। नोबेल अस्पतालमा वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शंकर प्रसाद साहको नेतृत्वमा हालसम्म पाँच जना बालबालिकामा सफलतापूर्वक यो सेवा प्रदान गरिएको छ।
इम्प्लान्टपछि बालबालिकामा आएको सकारात्मक परिवर्तन, बढेको आत्मविश्वास र अभिभावकहरूको खुसीले कार्यक्रमलाई भावनात्मक बनाएको थियो।



Share via
Send this to a friend