Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

बेलबारी । बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा प्रदान गरिने अढाई किलो चाँदीमा दुई तोला सुन जडित गोल्डकपको ट्रफि सार्वजनिक गरिएको छ । गोल्डकपको मुल्य झण्डै ८ लाख रुपियाँ रहेको छ ।
गोल्डकपको आयोजक एलएक्ससिटी फुटबल क्लबले बेलबारी नगरपालिकाको सभाहलमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी क्लबले गोल्डकपको ट्रफि सार्वजनिक गरेको हो । बेलबारी ११ निवासी चलचित्र निर्माता ज्योतिराज राई र पोपिराज राईले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा गोल्डकप सौजन्य गर्नु भएको हो । राईले पत्रकार सम्मेलनकै अवसरमा गोल्डकपको ट्रफि बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईलाई हस्तान्तरण गर्नुभयो । गोल्डकप असोज ११ गते देखि १९ गतेसम्म बेलबारी ११ को लक्ष्मी खेल मैदानमा हुँदैछ ।
सातौं संस्करण देखि प्रतियोगिता लगातार तीन पटक जित्ने टिमले गोल्डकपको ट्रफि पचाउने छ । पहिलोपटक १० टिमले सहभागीता जनाउने प्रतियोगितामा नेपाल पुलिस क्लब,बुटवल लुम्बिनी फुटबल क्लब,भारतको दलसिंहपारा फुटबल क्लब,विग्रेड ब्वाइज र आयोजक एलएक्ससिटी फुटबल क्लवले पोल वि बाट प्रतिस्पर्धा गर्नेछन् ।यस्तै पोल ए बाट चित्लाङ फुटबल क्लब काठमाडौं ,रारा फुटबल क्लब धनकुटा ,सहलेस फुटबल क्लब सिराहा,भोजपुर जिल्ला फुटबल संघ र झापा ११ ले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका विजेताले ८ लाख नगद र गोल्डकप प्राप्त गर्नेछन् ।त्यस्तै उप विजेताले ४ लाख नगद र ट्रफि प्राप्त गर्नेछन् ।
खेल आयोजना गर्न ६० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । प्रस्तावित रंगशालामा ३५ सय दर्शक अटाउने अस्थायी प्याराफिट निर्माण भइसकेको क्लबका अध्यक्ष विक्रम राईले बताउनु भयो ।
अध्यक्ष राईको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले नगरको गौरव बेलवारी गोल्डकपलाई नगरले १५ लाख रुपियाँ दिएको बताउनु भयो ।



Share via
Send this to a friend