Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडाैं ।  सर्लाहीको हरिपुर्वा नगरपालिका–५ निवासी अति गरिब र पीडित यादव परिवारका लागि नेपाली कांग्रेसका नेता तथा संघीय सांसद डा.सुनिल शर्माले गरेको मानवीय सहयोगबाट सर्लाहीवासीको हृदय छोएको छ।

हरिपुर्वा–५ की पविता यादवको जनकपुरको मुस्कान अस्पतालमा पित्तथैलीको अप्रेशनपछि अवस्था जटिल भई काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) मा महिनौँसम्म भेन्टिलेटरमा उपचार भएको थियो। दुर्भाग्यवश, उहाँको केही दिनअघि निधन भएकाे थियो। तर, अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण उहाँका श्रीमान् अंगेश यादवले उपचार खर्च तिर्न नसक्दा आफ्नै श्रीमतीको शव अस्पतालबाट निकाल्नसमेत असमर्थ हुनु भएकाे थियाे ।

यही गम्भीर अवस्थालाई बुझेर मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री तथा नेपाली कांग्रेस क्षेत्र नं.२ सर्लाहीका सभापति कौशलकिशोर रायको अनुरोध र पहलमा सांसद डा.सुनिल शर्माले १० लाख रुपैयाँ मिनाहा गरी मृतक पविता यादवको शव उनका श्रीमानलाई बुझाएर अन्तिम संस्कारका लागि पठाउने व्यवस्था मिलाइ दिनुभयाे । यो सहयोगले पीडित परिवार मात्र होइन, सम्पूर्ण सर्लाहीवासीलाई एक गहिरो भावनात्मक राहत दिएको छ। डा.शर्माको यो कदमलाई भगवानको दूतले दिएको जीवनको सबैभन्दा ठूलो साथको रुपमा लिइएको छ।

मन्त्री कौशलकिशोर रायले भावुक हुँदै भन्नेनुभयाे ‘आज हामी सर्लाहीवासीका लागि डा. सुनिल शर्मा भगवानसरह हुनु भएकाे छ । यो दुःखद घडीमा गरिब र बेसाहारा परिवारलाई उहाँले जुन अभिभावकत्व देखाउनुभयो, त्यसप्रति म व्यक्तिगत रूपमा र सर्लाहीको तर्फबाट कोटि(कोटि धन्यवाद ज्ञापन गर्दछु। हामी सदैव ऋणी रहनेछौं।’

डा.शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुनुहुन्छ। उहाँ सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आउनु भएकाे छ ।  यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

उहाँकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उहाँले जनाउनु भयाे ।



Share via
Send this to a friend