Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}
अग्निपथ समाचारदाता
विराटनगर , ३१ भदौ ।काेशी प्रदेश प्रमुख परशुराम खापुङले काेषराज रेग्मीले पत्रकारिता क्षेत्रमा देख्नु भएको सपना याे पुस्ताका पत्रकारहरूले पूरा गर्नुपर्ने बताउनु भएको छ ।
पिताम्वर खिलेश्वरी  स्मृति प्रतिष्ठान द्वारा हरेक वर्ष प्रदान गरिने काेषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० धर्मेन्द्र झालाई वितरण गर्दै उहाँले साे कुरा बताउनु भएको हाे । उहाँले पत्रकारहरूकाे जग भनेको उसले संप्रेषण गर्ने समाचार भएको उल्लेख गर्नुभयाे ।तथ्य सत्यमा आधारित समाचारले मात्र परिवर्तन सम्भव हुने बताउँदै  १९७२ मा रिचार्ड निक्सन दाेस्राेपटक अमेरिकाकाे राष्ट्रपति भए पनि मिडिया कै कारण राजिनामा दिनु परेको संस्मरण गर्नुभयाे ।उक्त घटना  वाटरगेट काण्डका रुपमा  चर्चित भएको उहाँको भनाइ थियोे  ।
साम्प्रदायिक र धार्मिक एकताले मात्र मुलुकलाई सहि दिशा दिनसक्ने बताउँदै प्रदेश प्रमुख खापुङले  समाजलाई भड्किन नदिन जातीय ,धार्मिक  सद्भाव कायम गर्नुपर्नेमा जाेडदिनुभयाे ।
नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले पछिल्लो समय पत्रकारिता समस्या ग्रस्त भएको बताउँदै  प्रविधि भित्रिए पनि पत्रकारितामा सुधार नभएको बताउनुभयो । उहाँले पत्रकारिता समस्याग्रस्त बन्नुकाे कारण हामी स्वयं भएको उल्लेख गर्दै झाले पत्रकारकाे प्रतिवद्धता अझ कमजोर भएको धारणा राख्नुभयाे । राष्ट्रिय समाचार समितिका अध्यक्ष समेत रहनु भएका झाले पुरस्कारले मात्र पत्रकारिताकाे विकास नहुने बताउँनु भयो । आमसञ्चारका क्षेत्रमा सुधार नहुनुकाे  मुख्य कारण राज्यको दृष्टिकोण सकारात्मक नभएकोले  पनि  हाे, उहाँले भन्नुभयो ।पत्रकारिता कसकाे लागि भन्ने अझै प्रष्ट भएको छैन ,उहाँले सञ्चार साहित्यलाई महत्त्वका साथ प्रबर्द्धन गर्नुपर्नेमा जाेड दिनुभयो ।
नेपाल पत्रकार महासंघ माेरङका उपाध्यक्ष माेहनप्रसाद भट्टराईकाे सभापतित्वमा भएको कार्यक्रममा रेग्मीकाे ब्यक्तित्वका विषयमा प्रतिष्ठानका सदस्य कविराज न्याैपानेले प्रकाश पार्नुभयो ।
पुरस्कार वितरण कार्यक्रमका अवसरमा माेरङका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अम्मर खड्का ,पत्रकार अनन्तराज न्याैपाने, पर्शुराम निराैला लगायतले बाेल्नु भएको थियोे ।साेही अवसरमा दिनेश श्रेष्ठ र दुर्गाप्रसाद भट्टराई लाई अग्रज पत्रकारका रुपमा सम्मान गरिएको थियोे ।



Share via
Send this to a friend