Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

बेलबारी,३ असोज । बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले महँगो ब्याजको लोभमा परेर आफूले ऋण लिएर अरुलाई नदिन अनुरोध गर्नु भएको छ ।
बुधबार मोरङको बेलबारी–८ राधानगर स्थित जनप्रेमी बचत तथा ऋण सहकारी संस्था लि. को १८ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । पछिल्लो समय यसका खालका थुप्रै उजुरी नगरपालिकामा आइरहेको बताउँदै नगर प्रमुख राईले शेयर सदस्य, कर्मचारी र सञ्चालक बीच एकापसमा समन्वय नभए सहकारी संस्था संकटमा पर्ने उल्लेख गर्नुभयो । राईले भन्नुभयो–समूदायमा आधारित सहकारीले समूदायलाई आर्थिक र सामाजिक रुपमा मद्धत गरिरहेका छन् । साना तिना ऋण लिन साहुमहाजन र बैंक सम्म पुग्नु परेको छैन् । सहकारी जोगाृउने जिम्मेवारी पनि शेयर सदस्यहरू कै हो । उहाँले सेवा केन्द्रका रुपमा बाहिरका संस्था आउन नगरपालिकाले रोकेको जानकारी समेत गराउनु भयो ।
कार्यक्रममा जिल्ला बचत संघ मोरङका सञ्चालक सदस्य हरि कोइरालाले बचत तथा ऋण सहकारी संस्थाहरूको लगानीको क्षेत्र बिस्तार गर्नुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा महेन्द्र माविका प्रधानाध्यापक दिक्षा तुम्सा र जनता माविका प्रधानाध्यापक जनकलाल घिमिरेले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सोही अवसरमा संस्थाले पूर्व सञ्चालक सदस्य अम्विका पुरी,जेष्ठ सदस्य सामरानी देवान र सामाजिक ब्यक्तित्व सूर्यप्रसाद बजगाईलाई सम्मान गरेको थियो । यस्तै उत्कृष्ट ऋण कारोवार गर्ने सरु अधिकारी र राजु पोख्रेल,सामूदायिक विद्यालय तर्फबाट उत्कृष्ट विद्यार्थी रिचन धिमाल,नीजि विद्यालय तर्फ आकृति बस्नेतलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट बाल बचतकर्ताहरू तर्फ मिराक लिम्बू र सृष्टिका तिम्सिना पुरस्कृत हुनुभयो । संस्थाको जमीन भित्र मञ्च निर्माण गरिदिने रुमाकुमारी श्रेष्ठलाई सोही अवसरमा सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष छगनलाल तिम्सिनाको सभापतित्वमा भएको साधारण सभामा सचिव, कोषाध्यक्ष र लेखा तथा सुपरिवेक्षण समितिका संयोजकले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । असार मसान्त सम्म २ हजार ८६० जना शेयर सदस्य रहेको जनप्रेमी साकोसमा २ करोड ८ लाख ४० हजार १ सय रुपियाँ शेयर पुँजी रहेको छ । बचत निक्षेपमा १२ करोड १५ लाख १२ हजार ९०३ रुपियाँ रहेको संस्थाको कोष हिसावमा ९० लाख ५६ हजार ९६८ रुपियाँ रहेको छ । संस्थाले गत आवमा ४५ लाख ९२ हजार ८ रुपियाँ शुद्ध बचत गरेको छ ।
                                                               अध्यक्षमा श्रेष्ठ निर्वाचित
जनप्रेमी साकोसको १८ औं वार्षिक साधारणसभाले हेमबहादुर श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । श्रेष्ठ यस अघिको समितिमा उपाध्यक्ष हुनुहुन्थ्यो ।
यसैगरी उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमस नरेन्द्रप्रसाद रिजाल,लक्ष्मप्रसाद तिम्सिना र गणेश खड्का निर्वाचित हुनु भएको छ । कार्यसमितिको सदस्यहरूमा ललित बस्नेत,पार्वता निरौला,चक्रबहादुर तामाङ,कृष्णबहादुर थापा,कविता कार्की,रश्मि परियार र नरमाया श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
संस्थाको लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमारमेश पराजुली संयोजक र सदस्यद्वयमा गौरीप्रसाद न्यौपाने र तारानी बुढाथोकी निर्वाचित हुनु भएको छ । हाल सम्म सर्वसम्मत पदाधिकारी र सदस्य चयन गर्दै आएको सहकारीले यो वर्ष पनि सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।



Share via
Send this to a friend