माेरङ / सबैभन्दा धेरै शेयर सदस्य र ठूलो आर्थिक काराेवार गरिरहेकाे माेरङकाे कानेपाेखरी ६ स्थित रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले साेमबार ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै संस्थाकाे आर्थिक अवस्था मजवुद रहेको जानकारी गराएकाे छ ।
सहकारी संस्थाका अध्यक्ष त्रिभुनाथ फुयलले ध्यानाकर्षण पत्र जारी गर्दै हालसम्म ऋण सुरक्षणका लागि ८ कराेड ४६ लाख ३८ हजार ९४६ रुपैयाँ प्राेभिजन गरेको जानकारी गराउनु भएको छ ।ध्यानाकर्षण पत्र अनुसार सहकारीको संस्थागत पुँजी १० कराेड ४ लाख ३१ हजार १५२ रुपैयाँ रहेको छ ।अन्य काेषमा एक कराेड ६८ लाख ५१ हजार रुपैयाँ रहेकाे छ भने पल्स अनुसार संस्थाकाे तिर्नसक्ने क्षमता ११३ प्रतिशत रहेछ। मापदण्डअनुसार ११० प्रतिशत तिर्नसक्ने क्षमता भएका सहकारीलाई सुरक्षित मान्नुपर्छ ।
ध्यानाकर्षण पत्रमा उल्लेख भए अनुसार संस्थामा हाल नाै हजार ४३५ शेयर सदस्य रहेका छन् ।हाल एक अर्व १३ कराेड ३२ लाख २० हजार २७३ रुपियाँकाे वासलात रहेकाे सहकारी संस्थासँग कुल बचतकाे ४६ दशमलव ०६ प्रतिशत अर्थात ३५ कराेड ४७ लाख ५७ हजार ५३९ रुपैयाँ तरलता रहेको छ । संस्थागत पुँजी,लागत रहित काेषमा प्रर्याप्त रकम रहेकोले सहकारी संस्थामा कुनै आर्थिक चुनाैति नरहेको ध्यानाकर्षण पत्र मार्फत प्रष्ट पारिएको छ 
अध्यक्ष त्रिभुनाथ फुयलले भन्नुभयो – हाम्रो संस्थाले संघीय र प्रदेश सरकारले जारी गरेका सहकारी ऐन,नियमावली । सहकारी विभाग, सहकारी नियमन प्राधिकरण र नेपाल राष्ट्र बैंकले जारी गरेका मापदण्ड र निर्देशनलाई अक्षरस पालना गर्दै आएकाे छ । असल ऋणलाई १ प्रतिशत ,कमसल ऋणलाई २५,शंकास्पद ऋणलाई ५० प्रतिशत र खराव ऋणलाई शतप्रतिशत लाेनलस प्राेभिजन गर्नुपर्ने ब्यवस्था छ ।साेही अनुसार प्राेभिजनकाे ब्यवस्था गर्न संस्थाले प्रयास गरिरहेकाे छ । संस्थामा एक वर्ष भन्दा बढी भाका नाघेको ऋण ३ कराेड ६४ लाख मात्रै हाे ।याे रकम लगानी गर्दा संस्थाले प्रयाप्त धिताे लिएको छ । सरकारले कर्जा असुली न्यायधीकरण गठन गरेको छ । धितो लिलाम वा न्यायधीकरणसँग परामर्श गरी ऋण असुलीमा संस्थाले अझ सक्रियता पुर्वक काम गर्ने अध्यक्ष फुयलले बताउनुभयो । किस्ता नाघ्दा पनि पुरै लाेनलस प्राेभिजन गर्नुपर्ने ब्यवस्थाले मात्र अप्ठ्यारो परेको देखिएको हाे ।एकैपटक प्राेभिजन ब्यवस्थापन गर्न हामीलाई मात्र हाेइन,देशभरका सहकारीलाई अप्ठ्यारो परिरहेको छ ।
फुयलले संस्थाकाे एउटा सुचाङ्क बिग्रिदैमा सहकारी सकियाे,बिग्रियाे भन्ने भाष्य स्थापना गर्न खाेजिएकाे छ । याे सरासर गलत छ ।सहकारी संस्थामा आएर सदस्यहरूले संस्थाकाे वित्तीय विवरण लिनसक्नु हुन्छ । अध्यक्ष फुयलले सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय काेशी प्रदेशले दिएका सुझावहरू कार्यान्वयनकाे चरणमा रहेको बताउनुभयो ।





