Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

बेलबारी/मङ्सिर २६ गते राति मोरङको बेलबारीबाट रातरात सारिएको कोशी प्रदेश प्रहरी अस्पताल पुनः बेलबारी आउने भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले बेलबारीमा ठाउँ अभाव भएको भन्दै प्रदेश प्रहरी अस्पतालालाई सुनसरीको इनरुवा स्थित जिल्ला समन्वय समितिको भवनमा सारेको थियोे ।अस्पताल सरे लगत्तै स्थानीय राजनीतिक दल, बेलबारी नगरपालिका, वाणिज्य सङ्घ र सरोकारवालाहरूले संयुक्तरूपमा अस्पताल फर्काउन आन्दोलन सुरु गरेका थिए ।
बेलबारीबाट अस्पताल अन्यन्त्र सारिएपछि पुनः बेलबारी फर्काउन बेलबारीबाट नगरप्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा कोइराला सहित नेपाली काङ्ग्रेस बेलबारीका सभापति छत्र लिम्बु,नेपाली काङ्ग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी,नेकपा एमालेका जिल्ला सदस्य ईरान राई, नेकपा माओबादी केन्द्रका बेलबारी अध्यक्ष पर्शुराम सुवेदी, इन्चार्ज तिलक राई, कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बु, गीता तिम्सिना लगायतका व्यक्तिहरु काठमाडौं पुग्नु भएको थियोे ।
काठमाडौंमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर अस्पताल फिर्ता गर्दिन आग्रह गरेपछि प्रधानमन्त्री अस्पताल फर्काउन सकारात्मक हुनु भएको थियोे । काङ्ग्रेस महासिति सदस्य महेन्द्र सुबेदीले भन्नुभयो – प्रधानमन्त्रीको निर्देशन पछि हाम्रो टोलिले सोमबार दिउँसो प्रहरी प्रमुख ,प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँग छलफल गरेको थियोे । छलफलमा बेलबारीबाट सारिएको कोशी प्रदेश प्रहरी अस्पताललाई पुनः बेलबारीमै लान प्रहरी महानिरीक्षकसँग सहमति भएको सुबेदीको भनाइ छ ।
सुवेदीका अनुसार कोशी प्रदेश प्रहरी अस्पताल सञ्चालन गर्न नगरपालिकाले जग्गा उपलब्ध गराउने सहमती भएको छ । जग्गा उपलब्ध गराउन नगरपालिका सहमत भएको नगरका उप प्रमुख नितु थापा कोइरालाले बताउनुभयो । एक हप्ता भित्र कार्यपालिका बैठकले निर्णय गरेर अस्पताल सञ्चालन गर्न भवन दिने र जग्गा उपलब्ध गराउने सहमति भएको छ । सहमति अनुसार अस्पताल एक साता भित्र पुन बेलबारीमा आउनेछ ।



Share via
Send this to a friend