Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
कानेपोखरी । जलउपभोक्ता र सरोकारवालाहरूले सुनसरी– मोरङ सिंचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन माग गरेका छन् ।
मोरङको कानेपोखरी–३ मा सुनसरी – मोरङ सिंचाई आयोजना अन्तरगतको झमनपुर जल उपभोक्ता संस्थाको ११ ओैं वार्षिक साधारणसभामा सहभागि जलउपभोक्ता, सरोकारवाला र अतिथिहरूले मर्मतका भरमा आयोजना सञ्चालन गर्दा ५० वर्ष पुरानो संरचना कुनै पनि बेला लथालिङ्ग हुने खतरा रहेको औंल्याउनु भयो । प्रतिनिधि सभामा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलले साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउन साझा अवधारणा आवश्यक पर्ने बताउनु भयो । खेतमा पानी नलगाइकन पानी पोत बुझाउनुपर्ने ब्यवस्था हटाउन सकिने बताउँदै उपभोक्ताको १ करोड ८८ लाख रुपियाँ बेरुजुका विषयमा महालेखा परीक्षकको कार्यालयसँग सुक्ष्म रुपमा जानकारी लिने बताउनु भयो ।
पानी नै उपभोग नगरीकन महसुल लिने ब्यवस्था छ भने हटाउन पहल गर्नेछु , उहाँले भन्नुभयो । उहाँले बिकास चोरी,लुकीबाट नहुने उल्लेख गर्दै सुनसरी मोरङ सिंचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा बिकसित गर्न सेवा क्षेत्रका सबै सङ्घीय सांसदहरूको ऐक्यबद्धता आवश्यक रहने बताउनुभयो । पोख्रेलले भन्नुभयो – पानी किसानका लागि पहिलो सर्त हो । आकासे पानीको भरपर्ने हो भने सुनसरी मोरङका उर्वर जमीन रुखिनेछन् ।अनाज उत्पादन हुनेछैन ।जल,मल,तरकारी ,खाद्यान्न ,दुध,मासुर तिनको भण्डारणको ब्यवस्थामा ध्यान नदिने हो भने परनिर्भरता अझ बढ्नेछ ।
सुनसरी २(ख) का प्रदेश सभा सदस्य रामप्रसाद मेहताले ५० बर्ष पुराना संरचनाबाट ५२ किलोमिटर पानी डोहो¥याईरहेका छौं ।यो जोखिम कहिलेसम्म ब्योहोर्नु पर्छ ? सांसद मेहताले सरकारले सुनसरी मोरङ सिंचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर पुनर्निर्माण नथाले सबै संरचना लथालिङ्ग हुने दिने धेरै टाढा नरहेको बताउनुभयो ।६८ हजार हेक्टर क्षेत्रफलको धान ,मकै,गहुँ लगायतको उत्पादनले देशलाई कति धानेको छ,भन्ने अध्ययन गर्न मेहताले आग्रह गर्नुभयो ।
कानेपोखरी गाउँ पालिकाका अध्यक्ष राजमति इङ्नामले कृषि उत्पादन वृद्धि गर्ने र परनिर्भरता अन्त्य गर्ने विषयमा पालिकाले उपभोक्तासँग सहकार्य गर्ने बताउनुभयो ।
मुल नहरका उपाध्यक्ष फुदन चौधरीले राज्यले किसानका माग प्रति वेवास्था गर्दा कृषि उत्पादनमा देश परनिर्भर भएको बताउनु भयो ।चौधरीले भन्नुभयो – कृषिका लागि पानी आधारभुत कुरा हो,पानी कै बन्दोवस्त गर्न सरकार सक्दैन ।मल वीउ,विषादीको के आश गर्नु ?
झमनपुर शाखाका अध्यक्ष खङ्गलाल साहले गाउँ पालिकाले जग्गाको वर्गीकरण गर्दा कृषि क्षेत्रलाई बसोवास क्षेत्रका रुपमा नराख्न आग्रह गर्नुभयो । बसोवास क्षेत्र हुँदा जग्गा जथाभावी खण्डिकरण हुने र उत्पादनमा प्रभावपर्ने साहको भनाई थियो ।
सुनसरी मोरङ सिंचाइ आयोजनाले सुनसरी र मोरङको ६८ हजार हेक्टरमा सिंचाइ पुर्याउँदै आएको छ ।तर,५० वर्ष पुरानो आयोजना मर्मतका भरमा चलिरहँदा कुनै पनि बेला बाढीले सबै संरचना भत्काउने सम्भावना रहेको उपभोक्ताहरू बताउँछन् । ७ वर्ष अघि लोहोन्द्रा खोलाको साइफन बगाउँदा लोहोन्द्रा पुर्वको २७ हजार हेक्टर जमीन पाँच वर्षसम्म आकासे पानीको भरमा रोपाई गर्नु परेको थियो ।



Share via
Send this to a friend