Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरि काेइराला,सुन्दरहैँचा,७ मङ्सिर ।नेपाली काङ्ग्रेस माेरङकाे पहिलो जिल्ला सम्मेलनले पार्टीको विधानमा भएका विभिन्न ब्यवस्था संसाेधनकाे प्रस्ताव गरेको छ ।

 बुधबार राति  माेरङकाे सुन्दरहैँचा ९ विराटचाैकमा सम्पन्न भएको  जिल्ला सम्मेलनले पारित गरेको संसाेधन प्रस्ताव माेरङ काङ्ग्रेसले आगामी पुसमा हुने महासमिति बैठकमा टेवल गर्ने माेरङ काङ्ग्रेसका सभापति एवम् सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले बताउनुभयो ।

काङ्ग्रेसकाे महासमिति बैठक आगामी पुस १३ देखि १७ सम्म ललितपुरको गाेदावारीमा हुँदैछ ।माेरङले एकपटक माथिल्लो तहमा निर्वाचित भए पछि पुन: निर्वाचनमा जानू नपर्ने ब्यवस्था खारेज गरि हरेक अधिवेशनमा सबैले तल्लाे तहबाट नै निर्वाचित हुनुपर्ने ब्यवस्था गर्ने प्रस्ताव गरेको छ ।यस्तै  जिल्ला सम्मेलनले कुनै पनि तहकाे कार्यसमितिमा सभापति सहित ५० प्रतिशत पद निर्वाचन प्रक्रियाबाट र ५० प्रतिशत पद मनाेनयनबाट चयन गर्ने ब्यवस्था गर्न , प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रका सभापति पदेन जिल्ला समिति सदस्य बनाउन , केन्द्रीय महाधिवेशन प्रतिनिधि सभा निर्वाचन क्षेत्रको  पदेन सदस्य हुनुपर्ने ,पार्टीको आन्तरिक प्रतिस्पर्धामा कुनै तहमा पराजित भएको ब्यक्तिलाई साे भन्दा माथिल्लो तहमा मनाेनित गर्न नहुने ब्यवस्था राख्न ,केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन क्रियाशील सदस्य लिएको ५ वर्ष हुनुपर्ने ब्यवस्था गर्न र प्रदेश सभा क्षेत्रीय समितिमा त्यसक्षेत्रका पालिका सभापतिहरूलाई  पदेन  सभापति राख्ने ब्यवस्था गर्न बिधान संसाेधन प्रस्ताव स्वीकृत गरेको छ ।

आगामी महासमिति बैठकमा माेरङकाे साझा धारणा प्रस्तुत गर्ने युवा तथा खेलकुद मन्त्री समेत  रहेका माेरङ  कांग्रेसका सभापति डिगबहादुर लिम्बूले बताउनुभयो ।

१४ ओैं महाधिवेशन पछि नयाँ संरचना अनुसार माेरङ काङ्ग्रेसले सुन्दरहैँचा ९ काे जेसिज भवनमा आयाेजना गरेको पहिलो जिल्ला सम्मेलनकाे पार्टीका  केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य डाक्टर शेखर काेइरालाले उद्घाटन गर्नुभयो ।सम्मेलनकाे उद्घाटन गर्दै काङ्ग्रेस नेतृत्वमा नैतिक शक्ति र आत्मविश्वास गुमेपछि कार्यकर्तामा निरासा छाएको बताउनुभयो ।  प्रमुख अतिथि रहनु भएका काेइरालाले गणतन्त्र के लागि प्राप्त भयाे भन्ने जवाफ नेतासँग छैन् , नेतृत्व सुशासन र भ्रष्टाचारमुक्त नभए सम्म  गणतन्त्रका उपलब्धि संस्थागत हुन नसक्ने उल्लेख गर्दै उहाँले दण्डहीनता अन्त्यमा  जाेड दिनुभयाे । गतवर्ष मात्र बैदेशिक अध्ययन र राेजगारमा जाँदा देशकाे १ खर्व  ४७ अर्व रुपियाँ खर्च भएको चर्चा गर्दै काेइरालाले युवा विद्यार्थी विदेशिने क्रम नराेकिए समाजमा बुढापाका मात्रै रहने बताउनु भयाे । पार्टीबाट जनप्रतिनिधि र  काङ्ग्रेस कार्यकर्ता बिच सम्बन्ध बिग्रेको प्रति चिन्ता गर्दै काेइरालाले हिजाे आफुलाई जिताउने कार्यकर्तासँग निर्वाचित जनप्रतिनिधिले सम्पर्क बढाउनुपर्नेमा जाेड दिनुभयाे । पुर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका पुर्व केन्द्रीय सदस्य महेश आचार्यले न्याय प्रणाली स्वतन्त्र रुपमा नचलेको बताउँदै स्वतन्त्र न्याय प्रणाली नभए ब्यवस्था माथि प्रश्न उठ्ने उल्लेख गर्नुभयो । न्याय सम्पादनमा दलीय दृश्य देखिनु नहुने चर्चा गर्दै आचार्यले भन्नुभयो – काङ्ग्रेसले कल्पना गरेको न्यायपालिका यस्तो हाेइन, पार्टीको सिफारिसमा न्यायाधीश पठाउने ब्यवस्थाले ब्यवस्था दुर्घटनामा पर्ने उहाँको भनाई थियोे ।१० महिनामा एउटा पनि ऐन बनाउन नसक्ने संसदसँग  काङ्ग्रेसले कुनै प्रतिक्रिया नदिएको प्रति दुख प्रकट गर्दै काङ्ग्रेस काङ्ग्रेस जस्तो नभएको,संसद संसद जस्तो नभएको र गणतन्त्र ,गणतन्त्र जस्तो नभएको बताउनुभयो ।अर्का पुर्वमन्त्री एवम काङ्ग्रेस केन्द्रीय सदस्य डाक्टर मीनेन्द्रप्रसाद रिजालले काङ्ग्रेस सङ्घीय,प्रदेशका ४ वटा मुख्यमन्त्री र देशका धेरै पालिकाका सरकारमा रहेपनि नागरिकलाई कामकाे डेलिभरि दिन असमर्थ रहेको बताउनुभयो । काङ्ग्रेस कहाँ अल्मलिएकाे छ, आफुले थाहा नपाएको बताउँदै डाक्टर रिजालले नेपालकाे अर्थतन्त्र सुधार उन्मुख भएपनि सरकारले नागरिकलाई सेवा दिन नसकेको उल्लेख गर्नुभयो । सरकार आयातमा भन्सार लगाएर प्राप्त गर्ने राजश्वबाट देश सञ्चालन गर्ने बाटोमा छ ।तर, उत्पादनसँग जाेडिएर निर्यात व्यापार नगर्ने हाे भन्ने जुरुक्क उठ्न लागेको अर्थतन्त्रले धान्न मुस्लिम छ,उहाँको भनाइ थियोे ।अबकाे निर्वाचनमा काङ्ग्रेसलाई थप ७ प्रतिशत मत थप्ने चुनाैति रहेको चर्चा गर्दै काङ्ग्रेस ,एमाले , माओवादी र मधेसवादी दलबाट भड्किएकाे मतले नयाँ दल आएको बताउनुभयो ।

माेरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूकाे सभापतित्वमा भएको सम्मेलनमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सभा सदस्य डाक्टर डिला संग्राैला, केन्द्रीय सदस्य एवम् काेशी प्रदेश सभा सदस्य अमृत अर्याल , केन्द्रीय सदस्य एवम काेशी प्रदेश सभा सदस्य भीम पराजुलीले  शुभकामना दिनु भएको थियोे । यसैगरी काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्की , काेशी प्रदेशमा नेपाली काङ्ग्रेसका संसदीय दलका नेता उद्धव थापा, राष्ट्रिय सभामा नेपाली काङ्ग्रेसका नेता रमेशजङ्ग रायमाझी ,माेरङ ३ का प्रतिनिधि सभा सदस्य डाक्टर सुनीलकुमार शर्माले पार्टीमा अनुशासन गुमेको चर्चा गर्नु भएको थियोे । यसैगरी नेपाली काङ्ग्रेसका पुर्व केन्द्रीय सदस्य गुरूराज घिमिरे , रामकृष्ण भट्टराई ,नेपाली काङ्ग्रेस झापाका सभापति देउमान थेवे, भाेजपुरका सभापति एवम काेशी प्रदेश सभा सदस्य  विनाेद वान्तवा,काेशी प्रदेश सभा सदस्य गयानन्द मण्डल ,विराटनगर महानगरका नगर प्रमुख नागेश काेइराला ,महासमिति सदस्य वसन्त भट्टराई , नेपाल मुस्लिम सङ्घका केन्द्रीय अध्यक्ष डाक्टर अतावुल अन्सारी  , क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गणेश खड्का र रङ्गेली नगर समितिका सभापति जगरनाथ मण्डलले शुभकामना मन्तब्य दिनु भएको थियोे ।

सम्मेलनमा जिल्लाका १७ पालिकाका १५९ वडाबाट निर्वाचित तीन हजार ५५५ जना क्षेत्रीय प्रतिनिधि मध्ये ६० प्रतिशत प्रतिनिधिकाे  उपस्थिति रहेकाे माेरङ ३ का क्षेत्रीय सचिव राजेन्द्र अधिकारीले बताउनुभयो ।माेरङमा नेपाली काङ्ग्रेसका तीस हजार ६२९ क्रियाशील सदस्य छन् । क्रियाशील सदस्यले प्रत्यक्ष निर्वाचनबाट क्षेत्रीय प्रतिनिधि छनाैट गरेपछि तीनै क्षेत्रीय प्रतिनिधिले काङ्ग्रेसकाे गाउँ / नगर ,प्रदेस र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्लाकाे नेतृत्व चयन गर्ने ब्यवस्था छ ।



Share via
Send this to a friend