हरिप्रसाद कोइराला,उर्लाबारी । मोरङको उर्लाबारी–६ निवासी प्रतिक मञ्जुल बराइली अहिले मूर्तिकला साधनामा ब्यस्त हुनुहुन्छ ।
भरखर २४ वर्ष पुग्नु भएका प्रतिकले कलमसँगै छिनो र घन पनि चलाउन सिक्नुभयो । कलम चलाउन थाल्दा चार वर्षको थिएँ होला । १० वर्षको नहुँदै बुबाआमासँगै छिनो र घन पनि चलाउन सिकिहालेंं,उहाँ विगत सम्झदै भन्नुुभयो ।बुबा मञ्जुल र आमा कौशिला दुबैजना मुर्तिकार । कसैको घरमा पाहुना जाँदा वा कतै घुम्न जाँदा बुबाआमासँगै हुन्थे । उहाँहरू जहाँ जतिबेला पनि मुर्तिकला कै कुरा गर्नुहुन्थ्यो । ढुङ्गा खोपेर कसरी राम्रो आकृति निकाल्ने?साक्षात तस्बिर कसरी बनाउने ?मानिसहरूलाई कसरी आकर्षित गर्ने ? उहाँहरूको साझा सपना नै मुुर्तिकला थियो । बुुवाआमासँग सधैं एउटै विषय वस्तु वरिपरि रहेर काम गर्दागर्दै प्रतिकलाई मुर्तिकलाको भोक जाग थालिसकेको थियो । प्रतिक भन्नुहुन्छ– ‘ अचेल मुर्तिकला परिवारको परम्परागत पेशा जस्तो लाग्छ ।
प्रतिकका बाबु–आमा लामो समयदेखि मूर्तिकला क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँहरूको संघर्ष र कलाप्रतिको समर्पण देख्दै प्रतिक हुर्किनुभयो । प्रतिकले थप्नुुभयो –‘बुबाआमाको प्रभाव र कलाप्रतिको मोहकै कारण मैले पनि मूर्तिकला रोजेंं ।”
उहाँले गतवर्ष गणेश भगवानको मूर्ति खोप्नुभयो । जुुन मुुर्तिले कोशी प्रादेशिक राष्ट्रिय ललितकला पुरस्कार जित्यो ।त्यसपछि प्रतिकले यो क्षेत्रमा अझ बढी समय दिन थाल्नुुभयो । हाल उहाँ मूर्तिकला केन्द्रमा दैनिक ९ घण्टा काम गर्नुहुन्छ । हालसम्म सय भन्दा बढी मूर्ति बनाइसक्नु भएका प्रतिक एउटा ढुङ्गामा चित्र निकालेर त्यसमा सौन्दर्य भर्ने काम जटिल भएको बताउनुु हुन्छ । तर, मिहिनेत गर्ने हो भने यो पेशाबाट राम्रो आम्दानी लिन सकिन्छ ।
प्रतिकका बाबु मन्जुल मितेरीको एउटा सपना थियो —राष्ट्रलाई हजार मूर्ति उपहार दिने । सो लक्ष्य पूरा गर्न उहाँहरू तिनैजना अहोरात्र खटिरहनु भएको छ । प्रतिकले मुर्तिकलाको काम गर्दागर्दै जापानमा काम गर्ने अवसर पाउनुभयो । बिहान देखि साँझसम्म ढुुङ्गा , छिनो, घन, मेसिन र कुची चलाउने हातले अरु काम गर्न किन सक्थ्यो र ? थोरै समय काम गरेपछि प्रतिक नेपाल मै मुर्तिकलाको काम गर्ने भन्दै त्यहाँको रोजगारी छाडेर फर्किनु भयो ।जापानमा विशाल बुद्धमूर्ति निर्माणमा संलग्न बाबाको साधना देखेर उहाँ पनि त्यही बाटोमा लाग्ने अठोटमा पुग्नुभयो । बुुबा जापानमा साधानारत हुनुुहुन्छ । आमा कौशिला मोरङको उर्लाबारीमा मञ्जुल मुुर्तिकला केन्द्र सम्हालेर बसि रहनुभएको छ । मञ्जुुलले देखाएको बाटोमा कौशिला पनि सँगसँगै हिडिरहनुभएको छ । अहिले कौशिला मात्र होइन , उहाँहरूका एकमात्र छोरा प्रतिक पनि बुुुुुुुुुबाआमाको लयलाई पछ्याउँदै चर्चित मुुर्तिकार बन्ने बाटोमा हुनुहुन्छ ।
अहिले प्रतिक स्वदेशमै बसेर मूर्तिकला क्षेत्रमा आफ्नो पहिचान स्थापित गरिरहनु भएको छ ।उहाँ भन्नुहुन्छ “मूर्तिकला मेरो पेशा मात्र होइन, यो हाम्रो परिवारको आत्मा पनि हो ।”






