Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको निशल्क उपचार गरिरहेको काठमाडौं मेडिकल कलेज पुगेर गृहमन्त्री सुधन गुरूङले घाइतेको अवस्था बुझ्नु भएको छ । गत भदौँ २३–२४ गतेको जेनजी आन्दोलनका घाइते भएका केहीको उपचार काठमाडौं मेडिकल कलेजमा भइरहेको छ ।
मन्त्री गुरुङले काठमाडौँ मेडिकल कलेजमा उपचाररत जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सक, घाइतेका परिवारसँग जानकारी लिनुभएको थियो ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका र कतिपय अचेत अवस्थामा रहेका बिरामीको काठमाडौँ मेडिकल कलेजले निःशुल्क उपचार गरिरहेको जनाएको छ । सो अवसमा मन्त्री गुरुङले घाइतेको निःशुल्क उपचार गरेर पु¥याएको सहयोगप्रति अस्पतालका सञ्चालक एवम् नेपाली काङ्ग्रेसका नेता डा. सुनील शर्मालाई धन्यवाद दिनुभयो । घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिएको बताउँदैे डा. शर्माले गृहमन्त्री गुरुङलाई उपचारमा कुनै समस्या नरहेको जानकारी गराउनु थियो ।
डा. शर्माका अनुसार अस्पतालमा भर्ना भएका अधिकांश घाइते डिस्चार्ज भइसकेका छन् । केही घाइतेको अवस्थामा सुधार हुन बाँकी रहेको र केही अझै होसमा नआएकाले अस्पतालमै राखेर उपचार भइरहेको डा. शर्माले जानकारी गराउनुभयो ।
डाक्टर शर्मा चुनावमा पराजित भए पनि देशभर निशुल्क स्वास्थ्य सेवा प्रदान , निशुल्क एम्वुलेन्स सेवा र अति विपन्न परिवारका विद्यार्थीलाई निशुल्क अध्ययनको लागि छात्रवृति प्रदान गरिरहनु भएको छ । शर्माले निर्वाचन आवधिक भएकोले हार जितका आधारका सेवा बन्द नहुने बताइसक्नु भएको छ ।



Share via
Send this to a friend