Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौँ । सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउँदै भन्नुभयो,‘डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय भएको छ।’

त्यसैगरी सरकारले आगामी वर्षको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णयसमेत गरेको छ ।



Share via
Send this to a friend