Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
मोरङ । मोरङमा लागुओैषधको कुलतमा फसेका ६ सय बढी प्रयोगकर्ताहरूको विभिन्न पुस्र्थापना केन्द्रमा उपचार भइरहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले लागु ओैषध प्रयोगकर्तालाई मानशिक रोगी मानेको छ । त्यसैले लागुओैषध प्रयोग गर्नु अपराध नभइ रोग भएकोले प्रयोगकर्ताको उपचारका लागि सुधार केन्द्र स्थापना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार मोरङमा १९ वटा पुनस्र्थापना केन्द्र सञ्चालनमा छन् । कार्यालयसँग कुन पुनस्र्थापना केन्द्रमा कति जना उपचाररत छन् भन्ने एकिन तथ्यांक छैन । तर,सामान्यतया एउटा केन्द्रले १५ देखि ४० जनासम्मलाई आवासीय रुपमा उपचार दिइरहेका छन् । जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता ऐन अनुसार संस्था दर्ता गरेर मात्रै सुधार केन्द्र सञ्चालन गर्न पाइन्न । समाज कल्याण परिषद ,गृह मन्त्रालय लगायतका निकायसँग सम्बन्धन लिनुपर्छ ।तर मोरङमा गृह मन्त्रालयसँग सम्बन्धन लिएका सुधार केन्द्र ६ वटा मात्र रहेको जीवन बचाउ उपचार सेवा केन्द्र उर्लाबारीका प्रशिक्षक रविन्द्रकुमार दाहाल बताउनु भयो ।दाहालका अनुसार २०६२ सालमा स्थापना भएको केन्द्रले हालसम्म २४३० जनाको उपचार गरिसकेको छ ।जसमध्ये पुर्णरुपमा कुलतबाट मुक्त हुनेको संख्या ३५ प्रतिशत रहेको छ ।
विराटनगर स्थित जीवन दृष्टि सामुदायिक पुनस्र्थापना केन्द्रका सञ्चालक जयकुमार देवकोटाका अनुसार मोरङमा २०६१ सालमा हेल्थ ग्रुप नेपालले एचआईभी विरुद्धको सचेतना कार्यक्रम सञ्चालन गर्दागर्दै पुनस्र्थापना केन्द्र स्थापनाको अभियान सुरु भएको हो । त्यसअघि मोरङमा पुनस्र्थापना केन्द्र थिएनन । देवकोटाले २०६४ सालमा सुरु गर्नु भएको केन्द्रले हालसम्म २ हजार दुई सय बिरामीको उपचार गरिसकेको छ । जसमध्ये ३० देखि ३२ प्रतिशत मात्रै पुर्णरुपमा कुलत मुक्त भएका छन् ।उहाँले भन्नुभयो – ‘ घरको वातावरण बिग्रिदा (बाबु आमाको नियमित झगडा),बेरोजगारी समस्या ,साथीहरूको गलत सङ्गत र जात,धर्मले पाएको भन्दै पिउने, खाने बालिले लागुओैषध प्रयोग गर्दा बढेको देखिन्छ ।त्यसमा मनोरञ्जनको डिजिटल प्लेटफर्महरूको प्रयोगले पनि युवापुस्तालाई प्रभाव पारेको देखिन्छ । सुरुमा सामान्य घरेलु मदिरा रपान सुपारी,गुट्का प्योग गर्दागर्दै युवाहरू कुलतमा फसेको देखिन्छ ।
नेपालमा सुधार केन्द्र फेसन जस्तो भएको देवकोटाको भनाइ छ । विदेशमा मेरिटेसन ( होलेस्टिक एप्रोच) र थेरापिकल सिष्टमबाट उपचार गरिन्छ ।प्रयोगात्मक विधिबाट लामो समय उपचार हुन्छ ।विरामीलाई खुल्ला ठाउँमा लाने खेतीपातीमा श्रम गर्न लगाउने,खान बस्नको राम्रो प्रबन्ध गर्ने र ब्यायाम गराउँदै पुनस्र्थापना गर्ने विधि हुन्छ । हामी कहाँ थेरापिकल विधि छैन ।बन्द कोठामा राखेर उपचार गरिन्छ । जसले गर्दा कतिपय बिरामी थप पीडामा पर्छन । नेपालमा पाँच सयमा एक सय जना पुर्णरुपमा कुलत मुक्त भएको तथ्याङ्क छ ।विश्व स्वास्थ्य संगठनले पनि ५० प्रतिशत भन्दा बढी पुर्णरुपमा कुलत मुक्त हुन नसक्ने भनेको छ । मोरङमा २०७५ पछि सुधार केन्द्र सञ्चालनको बाढी नै आएको देखिन्छ । लिवर्टी नेपालका सञ्चालक सुरज जोशीले भन्नुभयो –‘सुधार केन्द्रहरू अस्पताल जस्तै हुनुपर्नेमा जेल जस्तै भएका छन् ।उहाँले बन्द कोठामा राखेर दिइने शिक्षाले बिरामी निको नहुने बताउनु भयो । २०७२ सालमा स्थापना भएको जोशीको लिवर्टी नेपालले हालसम्म १०२५ को उपचार गरिसकेको छ।जोशीले हाल आफ्नो सुधारगृहमा ३७ जना रहेको र आफ्नो संस्थाबाट उपचार पाएका ६० प्रतिशत कुलतमुक्त भएको दाबी गर्नुभयो ।
लागु ओैषध प्रयोगकर्तालाई कुलत मुक्त गराउन पालिका पिच्छे सुधार केन्द्र खुलेपनि दुव्र्यसनीको सङ्ख्या र कारोवार भने बढ्दो छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार चालु आवको बैशाख मसान्तसम्म ३०९ जना लागुओैषधको कारोवार गर्ने पक्राउ परेका छन् । ति मध्ये २१८ वटा मुद्दा दर्ता भइ १९१ वटा मुद्दा फर्छाैट भएका छन् ।यो अवधिमा प्रहरीले हिरोइन ३१९७ ग्राम,गाँजा ४८८१ किलो,बोतल २३,एम्पुल २६८ वटा,९२८३५ चक्की र चरेस १० ग्राम बरामद गरेको छ । गत आव २०८१÷२०८२ मा प्रहरीले लागु ओैषधको कारोवार र ओसारपसार गर्ने ६११ जनालाई पक्राउ गरेको थियो । जसमध्ये ४१७ जनालाई मुद्दा दर्ता गरि कार्यबाही अघि बढाइएको थियो । आव २०८१÷२०८२ मा हिरोइन १७६८ ग्राम ,गाँजा ६६५० किलो,बोतल ४२,एम्पुल २९०४,चक्की ७०७४१ बरामद गरिएको थियो । आव ०८०÷०८१ को तुलनामा यो सङ्ख्या पक्राउ परेको बाहेक ओैषत ३० देखि ५० प्रतिशत सम्म बढी हो । उक्त आवमा ३४५ लाई मुद्दा चलाइएको थियो भने ४६३ जना पक्राउ परेका थिए ।हिराइन ७११ ग्राम,गाँजा ४२४० किलो,बोतल १०६थान,एम्पुल ३२०७ र चक्की ४९६४ थान बरामद गरिएको थियो ।

 



Share via
Send this to a friend