Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद काेइराला

उर्लाबार।उर्लाबारी नगरपालिकाककी उप प्रमुख मीनाकुमारी पाैडेलले नगरसभाकाे १६ ओैं अधिवेशनमा  आर्थिक वर्ष २०८३/२०८४ का लागि एक अर्व चार कराेड ४४ लाख ६० हजार रुपियाँकाे अनुमानित बजेट प्रस्तुत गर्नु भएको छ ।

याे बजेट चालु आव २०८२/०८३ काे तुलनामा १३.१३ प्रतिशतले कमि हाे ।चालु आवका लागि १ अर्व २० कराेड २२ लाख ६५ हजार ५ सय रुपियाँकाे बजेट प्रस्ताव गरिएको थियोे ।

जसमध्ये कुल बजेटकाे ८७.९५  रुपियाँ मात्र प्राप्त भएको छ। चालु बजेटको ७०.९५ प्रतिशत वित्तीय प्रगति भएको छ भने पुँजीगत तर्फ ७४.४८ प्रतिशत प्रगति भएको छ। हालसम्म ७४ कराेड ९१ लाख ९५ हजार ७६४ रुपियाँ खर्च भएको छ ।याे प्रगति  कुल बजेटकाे ६६.९५ मात्रै हाे ।

नगरपालिकाकाे सभाहलमा भएको १६ ओैं अधिवेशनमा उप प्रमुख पाैडेलले चालु खर्च तर्फ ५८ कराेड ८६ लाख ५७ हजार ६५६ रुपियाँ ,पुँजीगत तर्फ ४४ कराेड २३ लाख २ हजार ३४४ रुपियाँ  र वित्तीय ब्यवस्थापन तर्फ एक कराेड ३५ लाख रुपियाँ विनियोजन गरिएको छ ।

उप प्रमुख पाैडेलले सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १५ कराेड ९३ लाख,विशेष अनुदान एक कराेड, समपुरक अनुदान ५५ लाख ,ससर्त अनुदान २९ कराेड ६९ लाख रुपियाँ ,प्रदेश सरकारकाे वित्तीय समानिकरण एक कराेड ५० लाख ७६ हजार रुपियाँ , सशर्त अनुदान ३ कराेड ५८ लाख ५१ हजार र समपुरक अनुदान ६० लाख रुपियाँ प्राप्त हुने अनुमान गर्नु भएको छ ।यस्तै सङ्घीय र प्रदेश सरकारबाट राजश्व बाँडफाँड बाट २१ कराेड ९४ लाख २९ हजार ३६५ रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।यसैगरी जनसहभागिता बाट दुई कराेड,सडक बाेर्डबाट ६५ लाख,नगर विकास काेषबाट एक कराेड ३० लाख अनुदान प्राप्त हुने अनुमान गरिएको छ। नगरले आन्तरिक स्राेतबाट१६ कराेड ५९ लाख ३३ हजार ६३५ रुपियाँ प्राप्त हुने अनुमान गरेको छ ।

खर्च तर्फ  नगरपालिकाले कृषि विकास तर्फ एक कराेड ६२ लाख रुपियाँ विनियोजन गरेको छ।यस्तै आर्थिक विकास तर्फ ५ कराेड ७६ लाख ८२ हजार रुपियाँ,सामाजिक विकास तर्फ २४ कराेड ७३ लाख २९ हजार रुपियाँ ,जनस्वास्थ्य तर्फ ३ कराेड ७८ लाख २५ हजार रुपियाँ ,लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण तर्फ २ कराेड ९८ लाख रुपियाँ विनियोजन गरिएको छ । यसैगरी खेलकुद विकासका लागि ३० लाख रुपियाँ विनियोजन गरिएको छ ।नगरपालिकाले सामाजिक विकास क्षेत्रमा ३२ कराेड ६६ लाख ४ हजार रुपियाँ विनियोजन गरेको छ ।



Share via
Send this to a friend