Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

८ साउन, काठमाडौं। प्रतिनिधि सभाका विभिन्न समितिका सदस्यहरूमा परिवर्तन गरिएको छ। केही सदस्यहरूको हेरफेर तथा नयाँ नियुक्ति गरिएको छ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सदस्य थप तथा हेरफेरको प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सभाले स्वीकृत गरेको छ।

स्वीकृत प्रस्तावअनुसार, समितिहरूमा निम्न सदस्यहरू नियुक्त भएका छन्:

अर्थ समिति: पदम गिरी, भगवती चौधरी, वर्षमान पुन, विराजभक्त श्रेष्ठ
अन्तर्राष्ट्रिय सम्बन्ध समिति: हरिप्रसाद उप्रेती
पर्यटन समिति: हितबहादुर तामाङ
उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति: रघुवीर महासेठ, डीपी अर्याल
कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति: ज्वालाकुमारी साह
पूर्वाधार विकास समिति: शक्तिबहादुर बस्नेत
राज्यव्यवस्था तथा सुशासन समिति: पुष्पकमल दाहाल प्रचण्ड, रवि लामिछाने, पूर्णबहादुर खड्का, राजेन्द्रकुमार राई
शिक्षा स्वास्थ्य तथा सूचना समिति: रेखा शर्मा, सुमना श्रेष्ठ
संसदीय सुनुवाइ समिति (संयुक्त): रमेश लेखकको स्थानमा श्याम घिमिरे, डा. स्वर्णिम वाग्लेको स्थानमा डीपी अर्याल
लेखक गृहमन्त्री भएकाले श्याम घिमिरेलाई र अर्याल मन्त्री भएपछि डा. स्वर्णिम वाग्लेलाई समितिमा ल्याइएको हो।



Share via
Send this to a friend