Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

मोरङ(मिक्लाजुङ) । मोेरङको मिक्लाजुङ ७ मधुमल्लास्थित रिलायन्स अंग्रेजी माध्यमिक विद्यालयले फागुन १७ र १८ गते विज्ञान,प्रविधि तथा कला उत्सव २०८० को आयोजना गर्ने भएको छ ।
विद्यालयले मङ्गलबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरी विज्ञान,प्रविधि तथा कला उत्सव २०८०का विषयमा जानकारी गराएको हो । विभिन्न ९० वटा स्टलमा विद्यार्थीले आविस्कार तथा खोज गरेका प्रविधिको प्रदर्शनी र कला सम्बन्धी प्रदर्शनी गरिने विद्यालयका प्रधानाध्यापक सुवास राईले बताउनु भयो ।जसमध्ये ३४ वटा विज्ञानसँग सम्बन्धित प्रदर्शनी हुनेछन् । राईका अनुसार विद्यालयको आफ्नै खर्चमा हुने उत्सवमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीले प्रविधिमा आधारित यन्त्र उपकरण, ड्रोन,रोवो ड्यास,बेलुन पपिङ रोवट,उद्दार रोवर्ट सहितको प्रदर्शनी गर्नेछन् । फागुन १६ गते पूर्व प्राथमिक तहको वार्षिक उत्सव कार्यक्रम हुनेछ । यस्तै १७ र १८ गते क्रमश विज्ञान प्रदर्शनी र रिलायन्स स्टार २०८० को अन्तिम चरणका विजेता घोषणा गरिनेछ ।
विद्यालयका विज्ञान शिक्षक विज्ञान राईले मङ्गलबार विज्ञान प्रयोगशालामा पत्रकारहरूलाई डेमोष्ट्रेसन गराउनु भयो । विद्यार्थीले ज्वरोमापन गर्ने, उचाई मापन गर्ने ,पानी तान्ने मोटर पम्म, उद्दार गर्ने रोवोर्ट लगायतका आविस्कारको प्रदर्शनी गर्नेछन् । २०४६ सालमा स्थापना भएको रिलायन्स अंग्रेजी मावि उत्तर पूर्वको पुरानो नीजि विद्यालय हो । विद्यालयमा ७५० विद्यार्थी अध्ययन गरिरहेका छन् ।

 



Share via
Send this to a friend