Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

लेटाङ । माेरङकाे लेटाङ नगरपालिकाले  शुक्रबार दाेस्राे  सार्वजनिक सुनुवाई गरेको छ।सार्वजनिक सुनुवाई लेटाङ १ काे राजारानी सामुदायिक वन उपभोक्ता समुह लाेखराकाे सभाहलमा भएको भएकाे हाे  ।

नगरप्रमुख भुपेन्द्रकुमार लावतीकाे अध्यक्षतामा भएको कार्यक्रममा  नेपाली कम्युनिस्ट पार्टीका गाेपाल नेपाली, नेकपा एमाले लेटाङ नगर समितिका सचिव उर्गेन तामाङ,स्थानीय समाजसेवी सञ्जीव तामाङ ,पुण्य खतिवडा ,दुर्गा घिमिरे ,तिलक राईले नगरपालिकाले फाेहाेर उठाउने गाडी दैनिक पठाउनुपर्ने ,खानेपानी दुषित आएकाे र पिउने पानीको  बैकल्पिक ब्यवस्था हुनुपर्ने  ,बजार अनुगमनमा ध्यान नदिएकाे ,वडा नम्बर ६ का वडा सचिव ढिलाे कार्यालय पुग्ने गरेकाे ,उत्तरी क्षेत्र जाने सडकमा खाल्डाखुल्डी भएको  लगायतका समस्या उठाउनुभएको थियो ।

नगर प्रमुख लावतीले सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरूकाे जवाफ दिँदै स्राेत र साधनले भ्याएसम्म सबै भुगाेलमा विकास पुर्याउने प्रयास भएको बताउनुभयो । नगरवासीकाे उच्च महत्वकांक्षा छ।सिमित स्राेत र नगरले संघ र प्रदेश सरकारसँग समन्वय गरेर ठुला याेजना सम्पन्न गर्न पहल गरिरहेकाे छ  । उहाँले क्रमस सबै  नागरिक आवाजलाई सम्बाेधन गर्न नगरपालिका तयार रहेकाे बताउनु भयाे।  प्रमुख प्रशासकीय अधिकृत शशि राईले चालु आवकाे अनुमानित बजेट ६७ कराेड १९ लाख ६८ हजार २०० रहेको बताउँदै वित्तीय समानीकरण अनुदान समेत प्राप्त नहुँदा यथार्थमा ८५ प्रतिशत कमीकाे बजेट बनेकाे जानकारी दिनुभयो । उहाँले जसमध्ये ४० कराेड ७७ लाख रुपियाँ चालु खर्चमा जाने र बाँकी २६ कराेड ४२ लाख पुँजीगत भएको बताउनु भयाे ।चालु तर्फ ८० प्रतिशत   पुँजीगत खर्च तर्फ ६२ प्रतिशत प्रगति भएको  प्रशासकशिय अधिकृत राईले बताउनुभयो । उहाँका अनुसार पुँजीगत खर्च तर्फ अस्पताल निर्माणकाे भुक्तानी दिन साडे कराेड रुपियाँ बाँकी छ। उक्त भुक्तानी असार मसान्त भित्र हुनेछ। भुक्तानी पछि १६ प्रतिशत पुँजीगत खर्च वृद्धि हुनेछ ।त्यस्तै ठेक्का लागेका सडकहरूकाे काम समेत अलकत्राकाे अभावमा  राेकिएकाेले पुँजीगत खर्च ८० प्रतिशतकाे हाराहारीमा हुने राईकाे भनाइ छ ।

सार्वजनिक सुनुवाइका क्रममा उठेका प्रश्नहरूकाे जवाफ वडाध्यक्षहरू विष्णुकुमार मगर र तेजप्रसाद तिम्सिना,इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहले समेत दिनुभयाे ।

इनेपालपत्र डिजिटल मिडिया प्रालिले सहजीकरण गरेको कार्यक्रममा झण्डै सय जनाकाे उपस्थिति थियोे । कार्यक्रमकाे सञ्चालन पत्रकार रेवतीरमण निराैलाले गर्नु भएको थियो ।



Share via
Send this to a friend