अग्निपथ समाचारदाता,
उर्लाबारी,२५ भदौ ।उर्लाबारी स्थित सञ्चार क्लव नेपालका नव निर्वाचित अध्यक्ष कुमार खड्काले सोमबार कार्यभार सम्हाल्नु भएको छ । यस अघि गत भदौ १६ गते निर्वाचित अध्यक्ष खड्का लगायतको टिमलाई निर्वाचन समितिका संयोजक जयधर्म आचार्यले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो ।
सञ्चार क्लवको २० औं साधारणसभाले उपाध्यक्षमा सुमन घिमिरे,महासचिवमा तिलक नेपाली, सचिवमा खनेन्द्रकुमार राई र कोषाध्यक्षमा ईश्वर दूलाललाई निर्वाचित गरेको थियो । त्यस्तै सदस्यमा रेनुकादेवी निरौला र खड्ग बेदना निर्वाचित हुनु भएको थियो ।
आज अध्यक्ष पद सम्हाल्दै खड्काले पूर्वी तथा उत्तरी मोरङका पत्रकार साथीहरूको गरिमा उच्च राख्ने गरी काम गर्ने बताउनु भयो । सपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक जयधर्म आचार्य, संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा र निवर्तमान अध्यक्ष नवराज भट्टराईले शुभकामना दिनु भएको थियो । कार्यक्रममा निर्वाचन समितिका सदस्यद्वय मोहनप्रसाद भट्टराई , सन्तोष गौतम लगायत क्लवका सदस्यहरूको उपस्थिति थियो ।






