Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

एजेन्जी । विश्व कप फुटबल–२०२६ को प्रमुख उपाधि दाबेदारका रूपमा हेरिएको फ्रान्स शुक्रबार आफ्नै मैदानमा भएको मैत्री खेलमा आइभरिकोस्टसँग २–१ ले स्तब्ध भएको छ । गुवेला डोईले एक गोल गर्नुका साथै अर्को गोलमा एसिस्ट गरेपछि विश्वकपअघि खेलिएको अभ्यास खेलमा आइभरिकोस्टले जित हात पा¥यो । सो खेलमा गोलकर्ता डोईका भाइ डिजाइरे डोई फ्रान्सेली टिमको बेन्चमा हुनुहुन्थ्यो ।

खेलको छैटौँ मिनेटमै डोईको पासमा अमाद डियालोले गोल गरेपछि  फ्रान्स पछाडि परेको थियो । पूर्वार्धको अन्तिम मिनेटमा रायन चर्कीले गोल गरी खेललाई बराबरीको स्थितिमा ल्याउनुभयो । त्यसपछि किलियन एम्बापे, माइकल ओलिसे र चर्कीको उत्कृष्ट प्रयासलाई आइभरिकोस्टका गोलरक्षक याहिया फोफानाले विफल पारेपछि फ्रान्स अग्रता लिनबाट वञ्चित भएको थियो । खेल सकिन आठ मिनेट बाँकी छँदा निकोलस पेपको पासमा डोईले गोल गरेपछि आइभरिकोस्टले खेल जित्यो ।

सो खेलमा फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याले हालै च्याम्पियन्स लिग जित्ने छ खेलाडी ओसमाने डेम्बेले, ब्राड्ली बार्कोला, वारेन जायरी इमरी, डिजियर डोई, लुकास हर्नान्डेज र विलियम सालिबालाई बेन्चमा राख्नुभएको थियो ।

विश्वकपअघि फ्रान्सले अर्को अभ्यास खेल सोमबार उत्तरी आयरल्यान्डविरुद्ध खेल्ने छ । फ्रान्सले जुन १६ मा सेनेगलको सामना गरेर विश्वकपको सुरुवात गर्ने छ । विश्वकप विजेताको अर्को दाबेदार स्पेनले पनि घरेलु मैदानमा जित हासिल गर्न सकेन । स्पेनलाई इराकले १–१ ले बराबरीमा रोकेको थियो । सो खेलमा स्पेनले फरवार्डद्वय लामिने यमाल र निको विलियम्सलाई खेलाएको थिएन । स्पेनका डेभिड राय, मार्टिन जुबिमेन्डी र फाबियन रुइजले खेल्नुभएन । खेलको १६ औँ मिनेटमा फेरान टोरेजको गोलबाट स्पेनले अग्रता बनाएको थियो तर चाँडै नै मर्चास डोस्कीको गोलबाट इराकले खेल बराबर ग¥यो । स्पेनले विश्वकपमा आफ्नो पहिलो खेल जुन १५ मा एट्लान्टामा केप भेर्डेविरुद्ध खेल्ने छ । विश्वकपमा इराकको पहिलो खेल जुन १६ मा नर्वेसँग रहेको छ ।

सहआयोजक मेक्सिकोले भने सर्वियालाई ५–१ ले पराजित गरेर मनोबल उच्च पारेको छ । खेलको १९ औँ मिनेटमा पिटार स्टानिकको गोलबाट सर्वियाले अग्रता बनाएको थियो तर त्यसपछि घरेलु टिमले पाँच गोल ग¥यो । मेक्सिकोका लागि जोहान भाज्क्वेज, राउल जिमिनेज र लुइस चाभेजले गोल गर्नुभयो । मेक्सिकोले दुई गोल आत्मघातीका रूपमा उपहार पाएको थियो । मेक्सिकोले विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकाको सामना गर्दैछ ।



Share via
Send this to a friend