Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

बेलबारी । मोरङ जिल्लामा उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी बिच समायोजन भई नयाँ जिल्ला कार्य समिति गठन भएको छ ।
जिल्ला समितिको अध्यक्षमा बेलबारीका अजितकुमार धिमाल सर्वसम्मत चयन हुुनु भएको छ । शनिबार मोरङको बेलबारी–१ स्थित बौद्ध गुम्बामा भएको समायोजन भेलाले तीन जना उपाध्यक्ष चयन गरेको छ । विराटनगरका अर्जुन शर्मा ,पथरीशनिश्चरेका राकेश राई र मिक्लाजुङकी सुनिता थक्सु उपाध्यक्ष निर्वाचित हुनुभयो । यस्तै. सचिवमा ः प्रेमा तामाङ,सह सचिवमा लोचना मगर र ठंगबहादुर बिक र कोषाध्यक्षमा अक्कलबहादुर तामाङ सर्वसम्मत निर्वाचित हुनुभयो । सदस्यहरूमाः विजय धिमाल,. इन्दिरा तामाङ, पवित्रा राई, पदम भुजेल, नरकुमार राई, मदनकुमारी राई, अंशु राई, सम्झना राई र नारायणसिह राई चयन हुनुभयो । यसैगरी मिना राई, डिल्लीराम राई, गौरीमाया तामाङ, सुमित्रा राई, कृष्ण राई
र राजकुमार धिमाल सदस्यमा चयन हुनुभयो । कोशी प्रदेश कमिटी उपाध्यक्ष रेखबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य मित्रसेन योञ्जनले निर्वाचित पदाधिकारी र सदस्यहरूलाई शुभकामना प्रकट गर्नुभयो । प्रमुख अतिथि समेत रहनु भएका योञ्जनले उज्यालो नेपाल पार्टी अबको वैकल्पिक राजनीति शक्ति बन्ने बताउनु भयो । कार्यक्रममा केन्द्रीय सदस्यहरू दुर्गाकुमारी तामाङ, केदार धिमाल, प्रस्तावित केन्द्रीय सदस्य शान्ता मोक्तान, वाङ्गाई धिमाल लगायतले शुभकामना प्रकट गर्नुभयो ।



Share via
Send this to a friend