Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

रङ्गेली । मोरङको रङ्गेली अस्पताल देश कै उत्कृष्ट नगर अस्पताल घोषित भएको छ । ६ महिना अघि गरिएको मूल्याङ्कनमा पनि रङ्गेली उत्कृष्ट नगर अस्पतालको सूचीमा परेको थियो ।
नमुना अस्पतालको रुपमा चिनिएको रङ्गेली अस्पताल कुनै समय मोरङको जिल्ला अस्पतालका रुपमा चिनिन्थ्यो । तर, जिल्ला अस्पताल रहँदा लथालिङ भएको अस्पताल नगरले सञ्चालन गर्न थालेपछि देशभरका नगरद्वारा सञ्चालित अस्पतालमा उत्कृष्ट भएको हो । न्यूतम सेवाका मापदण्ड र विभिन्न सूचक अनुसार मूल्याङ्कन गर्दा ८० अङ्कका साथ रङ्गेली अस्पताल उत्कृष्ट भएको अस्पतालका मेसु डा.बसन्तकुमार साहले बताउनु भयो । सुशासन,व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा सर्भिसको सूचक अनुसार अस्पताल उत्कृष्ट भएको हो , मेसु साहले भन्नुभयो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले हरेक ६÷६ महिनामा स्थानीय तहले सञ्चालन गरेका अस्पतालको मूल्याङ्कन गर्दै आएको छ । रङ्गेली नगरपालिकाका नगर प्रमुख दिलिपकुमार अग्रवालले पूर्वाधारसँगै जनशक्ति वृद्धि गर्नु पर्ने आवश्यकता भएपनि स्रोतको अभाव रहेको बताउनु भयो । नगरवासी ,स्वास्थ्यकर्मी र नियामक निकायको सहयोगमा अझै सुधार गर्दै लानु पर्नेमा जोडदिँदै नगर प्रमुख अग्रवालले सवैको प्रयासबाट अस्पताल नमूना र उदाहरणीय बनाउन सकिने उल्लेख गर्नुभयो । नगरको व्यवस्थापकीय भूमिका रहेकाले अझै व्यवस्थित, सुविधा सम्पन्न बनाउन अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई छ ।
मापदण्ड र सेवाको मूल्याङ्कन कार्यक्रममा स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक सुरेश महतो , मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका मेसु डा. रवि कुमार साह, उपमेयर भुमा पराजुली ,अस्पतालका अध्यक्ष देवमणि कटुवाल लगायतको उपस्थिति थियो ।



Share via
Send this to a friend